भारतमा एक नेपालीमाथि नेपालकै १४ वर्षीया बालिकाको हत्या गरेको आरोप « Khabarhub

भारतमा एक नेपालीमाथि नेपालकै १४ वर्षीया बालिकाको हत्या गरेको आरोप


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको गुरुग्राम क्षेत्रमा बस्ने एक जना नेपालीमाथि १४ वर्षीया नेपाली बालिकाको घाँटी रेटेर हत्या गरेको आरोप लागेको छ । व्यक्तिगत दुश्मनीको बदला लिनका लागि ती नेपालीले छिमेकीकी छोरीको घाँटी रेटेर हत्या गरेको र हत्यापश्चात शवलाई कम्बलमा बेरेर आफ्नै घरमा लुकाएको घटना बाहिर आएको हो ।

आज तकले जनाएअनुसार आइतबार राति करिब ९ बजे उक्त घटना भएको हो । सूचना पाउनासाथ प्रहरी घटनास्थलतर्फ गएको र शवलाई पोस्टमार्टमका लागि पठाइएको आज तकले जनाएको छ । प्रहरीका अनुसार आफ्नो परिवारसँग गुरुग्रामको इन्दिरा कोलोनीमा भाडामा बस्ने ती बालिकालाई आमाले बाथरुममा साबुन लिन पठाएकी थिइन् ।

साबुन लिन बाथरुम गएकी छोरी धेरैबेर सम्म नआएपछि परिवारले उनको खोजी थालेको थियो । पीडितका बाबु ज्ञानी थापाले आरोपीलाई आफ्नो कोठाबाहिर देखेपछि छोरीका बारेमा सोधखोज गरेका थिए । आरोपीले ती बालिका खाना किन्न बाहिर गएको प्रष्टोक्ति दिएका थिए ।

पछि शंका लागेपछि पीडितको परिवारले आरोपीलाई आफ्नो कोठाको ढोका खोल्न आग्रह गरेका थिए । आरोपीले ढोका खोल्न नमानेपछि जबरजस्ती ढोका खोल्न खोज्दा आरोपी घटनास्थलबाट फरार भएका थिए ।

ढोका खोलेर हेर्दा ती बालिकाको शव कम्बलमा बेरेर राखेको अवस्थामा फेला परेको थियो । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । व्यक्तिगत दुश्मनीका कारण घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।

पीडितका पिताले आफ्नो घर नेपालमा रहेको र सन् २०१९ मा इन्दिरा कोलोनीमा बस्दै आएको बयान दिएका छन् । उनका अनुसार रामु भन्ने आरोपी पनि नेपाली नै हुन् । यद्यपि पीडित परिवार र हत्याका आरोपी नेपालको कुन ठाउँका हुन् भन्नेबारे स्पष्ट छैन ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ३ : ३६ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर