भारतमा एक नेपालीमाथि नेपालकै १४ वर्षीया बालिकाको हत्या गरेको आरोप « Khabarhub

भारतमा एक नेपालीमाथि नेपालकै १४ वर्षीया बालिकाको हत्या गरेको आरोप


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको गुरुग्राम क्षेत्रमा बस्ने एक जना नेपालीमाथि १४ वर्षीया नेपाली बालिकाको घाँटी रेटेर हत्या गरेको आरोप लागेको छ । व्यक्तिगत दुश्मनीको बदला लिनका लागि ती नेपालीले छिमेकीकी छोरीको घाँटी रेटेर हत्या गरेको र हत्यापश्चात शवलाई कम्बलमा बेरेर आफ्नै घरमा लुकाएको घटना बाहिर आएको हो ।

आज तकले जनाएअनुसार आइतबार राति करिब ९ बजे उक्त घटना भएको हो । सूचना पाउनासाथ प्रहरी घटनास्थलतर्फ गएको र शवलाई पोस्टमार्टमका लागि पठाइएको आज तकले जनाएको छ । प्रहरीका अनुसार आफ्नो परिवारसँग गुरुग्रामको इन्दिरा कोलोनीमा भाडामा बस्ने ती बालिकालाई आमाले बाथरुममा साबुन लिन पठाएकी थिइन् ।

साबुन लिन बाथरुम गएकी छोरी धेरैबेर सम्म नआएपछि परिवारले उनको खोजी थालेको थियो । पीडितका बाबु ज्ञानी थापाले आरोपीलाई आफ्नो कोठाबाहिर देखेपछि छोरीका बारेमा सोधखोज गरेका थिए । आरोपीले ती बालिका खाना किन्न बाहिर गएको प्रष्टोक्ति दिएका थिए ।

पछि शंका लागेपछि पीडितको परिवारले आरोपीलाई आफ्नो कोठाको ढोका खोल्न आग्रह गरेका थिए । आरोपीले ढोका खोल्न नमानेपछि जबरजस्ती ढोका खोल्न खोज्दा आरोपी घटनास्थलबाट फरार भएका थिए ।

ढोका खोलेर हेर्दा ती बालिकाको शव कम्बलमा बेरेर राखेको अवस्थामा फेला परेको थियो । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । व्यक्तिगत दुश्मनीका कारण घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।

पीडितका पिताले आफ्नो घर नेपालमा रहेको र सन् २०१९ मा इन्दिरा कोलोनीमा बस्दै आएको बयान दिएका छन् । उनका अनुसार रामु भन्ने आरोपी पनि नेपाली नै हुन् । यद्यपि पीडित परिवार र हत्याका आरोपी नेपालको कुन ठाउँका हुन् भन्नेबारे स्पष्ट छैन ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ३ : ३६ बजे

विद्यालय शिक्षा विधेयक बहसः निःशुल्क र गुणस्तरीय शिक्षा सुनिश्चिततामा जोड

काठमाडौं– संविधानले प्रत्याभूत गरेको निःशुल्क र गुणस्तरीय शिक्षाको अधिकारलाई सुनिश्चित

भारतमा फेरि प्रदर्शन

काठमाडौं- मतदाता नामावलीमा संशोधनसँग सम्बन्धित विषयलाई लिएर भारतका प्रमुख निर्वाचन

दुई वर्षमा एउटा मात्रै फिल्म किन गर्छिन् श्रद्धा कपूर ? 

काठमाडौं– बलिउडमा कलाकारको सफलता मापन गर्ने एउटा प्रमुख आधार बक्स

आनी छोइङको नियुक्तिप्रति दिनेश त्रिपाठीको आपत्ति, भने- सरकारको जवाफ चाहियो

काठमाडौं– लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर वरिष्ठ

द्रौपदीलाई बार डान्सरको रूपमा देखाएपछि विवादमा ‘पाँच पाण्डव’

काठमाडौं– महाभारतका पाँच पाण्डव र द्रौपदीको नामलाई आधुनिक नेपाली समाजसँग