मन्दिरमा किन चढाइन्छ नरिवल ? « Khabarhub

मन्दिरमा किन चढाइन्छ नरिवल ?


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मठमन्दिरमा नरिवल चढाउने गरिन्छ । यसरी नरिवल चढाउँदा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । भक्तजनहरूले मन्दिरमा सबैभन्दा बढी फूल चढाउँछन् । त्यसपछि नरीवरकाे पानी चढाउने गरिन्छ ।

नरिवललाई संस्कृतमा नारिकेल भनिन्छ। श्रीफला पनि भनिन्छ । जसको अर्थ ‘शुभ फल’ हुन्छ । त्यसैले शुभ प्राप्तिका लागि शुभ फल चढाउने प्रचलन सुरु भएको धार्मिक विश्वास रहँदै आएको छ ।

वैदिक शास्त्र तथा पुराण तथा महाकाव्यहरूमा मन्दिरमा नरिवल चढाउनुपर्ने विषयमा उल्लेख गरिएको पाइन्छ । यो फल इन्डोनेशियामा पाइन्थ्यो अनि पहिलो शताब्दी पछिको समयमा उत्तरी एशियातिर भित्र्याइएको जनाइन्छ।

नरिवललाई धेरै जस्तो शुभकार्य गर्न प्रयोग गरिन्छ। तोरण झै घरको ढोकामा कुनै शुभ कार्य पूर्व नरिवल फोडिन्छ । नरिवललाई उर्वरताको प्रतीक मानिन्छ । त्यसैले धार्मिक विश्वास अनुसार, यदि कोही स्त्रीलाई सन्तानको इच्छा भएमा नरिवलको रुख रोपेमा सन्तान प्राप्ति हुने धार्मिक विश्वास छ ।

नरिवललाई विवाह, चाडपर्व, नयाँ सवारी साधनको प्रयोग गर्दा, बाटो तथा पुल निर्माण गर्दा, घरको जग हाल्दा आदि कार्यमा पनि प्रयोग गरिन्छ। कुनै कार्यको शुभारम्भ पूर्वनै सबै काम राम्रोसँग होस् भनी नरिवल फोड्नुपर्ने धार्मिक विश्वास रहँदै आएको छ ।

नरिवललाई दुइ टुक्रा बनाइ भगवानलाइ चढाइन्छ र पछि प्रसादको रुपमा बाँडिन्छ। नरिवलको रुखलाइ पनि फल जतिकै शुभ मानिन्छ।

धार्मिक विश्वास अनुसार नरिवलको रुख विनाश गर्नेको पनि विनाश हुने बताइन्छ ।

भगवानलाइ किन चढाइन्छ नरिवल ?

परापूर्वककालमा मानिसको बलिदान गरिन्थ्यो । पूजाआजा गर्दा कुनै महत्त्वपूर्ण कार्यको अगाडी मानिसलाई नै चढाउने चलन थियो । पछि यो कार्यमा कुरा उठ्न थालेपछि मानिसको ठाउँमा नरिवलले काम चलाउन थालिएको विश्वास गरिन्छ ।

किंवदन्ती अनुसार नर वलीको ठाउँमा नरिवललाई प्रयोग गरिएको पाइन्छ ।

हिन्दु धर्मग्रन्थ अनुसार नरिवल फल नै ऋषि विश्वामित्रले बनाएका थिए। राजा सत्यवर्त मानिसकै रुपमा स्वर्गलोक जान चाहन्थे तर स्वर्गका देवताहरूले आउन नदिएको कारणले सहयोगार्थ विश्वामित्रले नरिवलको उत्पत्ति गराएका थिए।

सत्यवर्त सूर्यवंशका चर्चित अनि धर्मात्मा राजा थिए । उनको एउटै इच्छा थियो, आफ्नो शरीर समेत नै स्वर्गलोक हुने ।

स्वास्थ्यका लागि नरिवलका फाइदाहरू

नरिवलको तेलले कपाल कालो बनाउने अनि चाडै फुल्नबाट रोक्ने गर्दछ। नरिवलको पानी स्वास्थ्यको लागि राम्रो मानिन्छ। गर्मी क्षेत्रमा पाइने नरिवलले जमिनको नुनिलो पानी सोसेर मिठो पानी उत्पादन गर्छ।

पेट, आन्द्रा तथा किड्नीको लागि नरिवल पानीले राम्रो गर्दछ। किड्नीमा पत्थरी छ भने नरिवल पानीले घुलाउने काम पनि गर्छ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ४ : ५९ बजे

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मी– पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ– गए रातिदेखि भएकाे वर्षासँगैको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल

सर्लाही-४ : गगनलाई सघाउन सांसद उम्मेवारसहित चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ– मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन