पाकिस्तानमा निर्वाचनको तयारी तीव्र « Khabarhub

पाकिस्तानमा निर्वाचनको तयारी तीव्र


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पाकिस्तानका मुख्य निर्वाचन आयुक्त सिकन्दर सुल्तान राजाले फेब्रुअरी ८ गते हुने आम चुनावका लागि  १०० जनाभन्दा बढी विदेशी पर्यवेक्षकको उपस्थित रहने बताएका छन् ।

सिइसीले राष्ट्रमण्डल पर्यवेक्षक समूहलाई पाकिस्तानले विदेशी चुनाव पर्यवेक्षकहरूका लागि खुला द्वार नीति अपनाएको निर्वाचन आयोगले विज्ञप्ति मार्फत जनाएको छ। 

निर्वाचन आयोगले सोमबार निर्वाचन व्यवस्थापन प्रणाली (इएमएस) स्थापना गर्ने निर्णय गरेको एआरवाई न्यूजले जनाएको छ । निर्वाचन आयोगका सचिव सैयद आसिफ हुसेनले एआरवाई न्युजसँगको अन्तर्वार्तामा ३ हजार ६०० जनाले इएमएस प्रणाली सञ्चालन गर्न तालिम लिएको र ३००० थान कम्प्युटर स्थापना गरिएको उल्लेख गरेका छन् ।

एआरवाई न्युजका अनुसार ईएमएस परीक्षणका क्रममा उत्पन्न समस्याहरू समाधान गरी निजी नेटवर्क स्थापना गरिएको र तिनीहरू इन्टरनेट पहुँचबिना पनि काम गर्ने वातावरण  निर्माण गरिएको छ ।   

यसैबीच, एउटा अन्तर्वार्तामा, महानिर्देशक खिजर हयातले ४० स्थानमा चुनावमा इएमएस प्रयोग गरी चुनावको  निर्बाध सञ्चालन सुनिश्चित गर्न यसको प्रविधिमा सुधार गरिएको पुष्टि गरे ।

पाकिस्तानको निर्वाचन आयोगले फेब्रुअरी ८ गते हुने आम निर्वाचन अघि देशका सबै निर्वाचन क्षेत्रका लागि २६  करोड मतपत्र छाप्ने काम पनि सम्पन्न गरेको छ ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ५ : २१ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले