शहरी विकास मन्त्रालयको सचिवमा मणिराम गेलालको सरुवा « Khabarhub

शहरी विकास मन्त्रालयको सचिवमा मणिराम गेलालको सरुवा


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहरी विकास मन्त्रालयको सचिवमा मणिराम गेलालको सरुवा भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गेलाललाई शहरी विकास मन्त्रालयमा पठाउने निर्णय गरेको हो।

मंगलबार पत्र बुझेका गेलालले बुधबार मन्त्रालयको जिम्मेवारी समाल्ने तयारी गरेका छन्।

शहरी विकास मन्त्रालय अन्तर्रगतको बिल्डिङ एण्ड आर्किटेक समूहका गेलाललाई विभागीय मन्त्रालय बुझेको सचिवका रूपमा हेर्ने गरिन्छ।

यसअघि सहसचिव हुँदा गेलालले  शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकका रूपमा प्रभावकारी कार्यसम्पादन गरेका थिए। गेलालको यसअघि पनि  शहरी विकास मन्त्रालयमा सरुवा गर्ने मन्त्रिपरिषद्मा सहमति भए पनि विभिन्न कारणले हुन सकेको थिएन। 

यससँगै सहरी विकास मन्त्रालयका सचिव सरजु कुमार वैद्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ। 

 

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ६ : ०९ बजे

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली