ट्रेड युनियनको मर्मअनुसार काम नहुँदा समस्या : मन्त्री शर्मा « Khabarhub

ट्रेड युनियनको मर्मअनुसार काम नहुँदा समस्या : मन्त्री शर्मा


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ट्रेड युनियनको मर्मअनुसार काम नगरिँदा समस्या भएको बताएकी छन् । ट्रेड युनियनको दुरुपयोग गरिँदा विभिन्न प्रश्न उठेका उनले बताइन् ।

प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सुरक्षण मुद्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि जारी दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले भनिन्– ‘ट्रेड युनियनलाई सदुपयोग गरेको भए केही समस्या हुन्थेन, दुरुपयोग भएकाले समस्या भएको हो ।’

केही अत्यावश्यक भन्ने उल्लेख भए कानुनको पाटोबाट त्यसलाई मिलाउनुपर्ने मन्त्री शर्माको भनाइ थियो । ‘विधेयकमा कर्मचारीका विषयमा केही लेखिएको रहेछ भने पनि त्यसमा हेरौँला । अन्यथा केही थपट र उल्लेख गर्न परेन भन्ने लाग्छ ।’

त्यसअघि बैठकमा विधेयकमाथि संशोधनकर्ताका तर्फबाट सांसद महेश बर्तौलाले सुरक्षण मुद्रण राष्ट्रिय महत्वको विषय भएकाले नोटमा प्रयोग हुने कागज, मसीजस्तै पोलिमरलाई पनि समेट्नु उपयुक्त हुने सुझाव दिए। 

सुरक्षण मुद्रण राष्ट्रको गौरवसँग जोडिएका कारण संवेदनशील, विश्वसनीय र गोपनीयताको पाटोमा विशेष ख्याल पुर्‍याउन आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसका लागि प्राविधिक दक्षतासहित स्थायी, समर्पित र प्रतिबद्ध कर्मचारीको आवश्यकमा जोड दिए। 

हामीले भित्र्याउने सुरक्षण मुद्रणबाट विदेशीले पनि सेवा लिन सक्ने कानुनी व्यवस्थाको अहिले नै सुनिश्चित गर्नेतर्फ सोच्न सांसद बर्तौलाले समितिको ध्यानाकर्षण गराए । सुरक्षित मुद्रण केन्द्र स्थापना गर्ने सोचेअनुरूप सरकारले तीन वर्षअघि नै उक्त विधेयक दर्ता गरेको हो । 

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ६ : ४० बजे

उदयपुर सिमेन्टमा क्लिङ्कर हिनामिना : तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा भएको

पत्रकार सिटौलाको शव पोस्टमार्टमका लागि लगियो शिक्षण अस्पताल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग चुनावी

नीति निर्माणका लागि कांग्रेस महामन्त्री पौडेलद्वारा सुझाव संकलन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र ५ का प्रतिनिधि

अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औँ दिवस : मुख्यसचिवसहित छ जना सम्मानित

काठमाडौं– काठमाडौंस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औँ स्थापना दिवसका अवसरमा मुख्य सचिवसहित

लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी सुरु

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना र नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देही