ट्रेड युनियनको मर्मअनुसार काम नहुँदा समस्या : मन्त्री शर्मा « Khabarhub

ट्रेड युनियनको मर्मअनुसार काम नहुँदा समस्या : मन्त्री शर्मा


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ट्रेड युनियनको मर्मअनुसार काम नगरिँदा समस्या भएको बताएकी छन् । ट्रेड युनियनको दुरुपयोग गरिँदा विभिन्न प्रश्न उठेका उनले बताइन् ।

प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सुरक्षण मुद्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि जारी दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले भनिन्– ‘ट्रेड युनियनलाई सदुपयोग गरेको भए केही समस्या हुन्थेन, दुरुपयोग भएकाले समस्या भएको हो ।’

केही अत्यावश्यक भन्ने उल्लेख भए कानुनको पाटोबाट त्यसलाई मिलाउनुपर्ने मन्त्री शर्माको भनाइ थियो । ‘विधेयकमा कर्मचारीका विषयमा केही लेखिएको रहेछ भने पनि त्यसमा हेरौँला । अन्यथा केही थपट र उल्लेख गर्न परेन भन्ने लाग्छ ।’

त्यसअघि बैठकमा विधेयकमाथि संशोधनकर्ताका तर्फबाट सांसद महेश बर्तौलाले सुरक्षण मुद्रण राष्ट्रिय महत्वको विषय भएकाले नोटमा प्रयोग हुने कागज, मसीजस्तै पोलिमरलाई पनि समेट्नु उपयुक्त हुने सुझाव दिए। 

सुरक्षण मुद्रण राष्ट्रको गौरवसँग जोडिएका कारण संवेदनशील, विश्वसनीय र गोपनीयताको पाटोमा विशेष ख्याल पुर्‍याउन आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसका लागि प्राविधिक दक्षतासहित स्थायी, समर्पित र प्रतिबद्ध कर्मचारीको आवश्यकमा जोड दिए। 

हामीले भित्र्याउने सुरक्षण मुद्रणबाट विदेशीले पनि सेवा लिन सक्ने कानुनी व्यवस्थाको अहिले नै सुनिश्चित गर्नेतर्फ सोच्न सांसद बर्तौलाले समितिको ध्यानाकर्षण गराए । सुरक्षित मुद्रण केन्द्र स्थापना गर्ने सोचेअनुरूप सरकारले तीन वर्षअघि नै उक्त विधेयक दर्ता गरेको हो । 

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ६ : ४० बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका