भारतलाई युरोपसँग जोड्ने आर्थिक कोरिडोर ‘निर्णायक’ हुनेछ : भारतीय वित्तमन्त्री सीतारमण « Khabarhub

भारतलाई युरोपसँग जोड्ने आर्थिक कोरिडोर ‘निर्णायक’ हुनेछ : भारतीय वित्तमन्त्री सीतारमण


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय अर्थमन्त्री निर्मला सीतारमणले भारत–मध्यपूर्व–युरोप आर्थिक कोरिडोर रणनीतिक एवम् आर्थिक हिसाबमा ‘निर्णायक’ हुने बताएकी छिन् । लोकसभामा सम्बोधन गर्दै मन्त्री सीतारमणले यस कोरिडोर भारतका लागि मात्रै नभएर अरु मुलुकहरुका लागि पनि महत्वपूर्ण हुने विश्वास व्यक्त गरिन् ।

भारतीय सामाचार संस्था एएनआईका अनुसार उनले यस कोरिडोर शताब्दीऔँसम्म विश्व व्यापारको आधारमा रुपमा विद्यमान रहने पनि उल्लेख गरिन् ।

यस कोरिडोरको पहल भारतीय भूमिबाट भएको विषयमा इतिहासले पनि स्मरण गर्ने उनको भनाइ छ । उनले आगामी ५ वर्षमा भारतले अभूतपूर्व विकासको आभास गर्ने पनि बताइन् ।

गत सेप्टेम्बर महिनामा भारतमा आयोजित जी२० शिखर सम्मेलनका क्रममा भारत, अमेरिका, संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब, फ्रान्स, जर्मनी, इटाली र युरोपेली युनियन ईयूले भारत–मध्यपूर्व–युरोप आर्थिक कोरिडोरको स्थापना गर्ने विषयमा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

यस कोरिडोरले भारत, पश्चिम एसिया र युरोपबीच कनेक्टिभिटी विस्तार गरी आर्थिक साझेदारीलाई विस्तार गर्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  १२ : ४० बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही