यू–१९ विश्वकप : दक्षिण अफ्रिकालाई हराउँदै भारत फाइनलमा | Khabarhub Khabarhub

यू–१९ विश्वकप : दक्षिण अफ्रिकालाई हराउँदै भारत फाइनलमा


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत यू–१९ एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपको सेमिफाइनलमा दक्षिण अफ्रिकालाई दुई विकेटले हराउँदै भारत फाइनलमा पुगेको हो ।

दक्षिण अफ्रिकाले दिएको २४४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको भारतले ४८.५ ओभरमा आठ विकेट गुमाएर पूरा गर्यो ।

भारतका लागि सचिन धसले सर्वाधिक ९६ रन र कप्तान उदय सहारनले ८१ रन बनाए । त्यस्तै राज लिम्बानीले चार बलमा १३ रन बनाउँदै नटआउट रहे । दक्षिण अफ्रिकाका क्वेना माफाका तथा ट्रिस्टन लुस ३/३ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा सात विकेट गुमाउँदै २४४ रन बनाएको थियो । उसका लागि जुआन ड्रे प्रिटोरियसको ७६ र रिचर्ड स्लेट्सवेनको ६४ रन बनाए । भारतका लागि राज लाम्बानीले ३ तथा मुशिर खानले २ विकेट लिए ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  १० : ३१ बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग