फ्रान्स बन्यो गर्भपतनलाई संवैधानिक अधिकार दिने पहिलो राष्ट्र | Khabarhub Khabarhub

फ्रान्स बन्यो गर्भपतनलाई संवैधानिक अधिकार दिने पहिलो राष्ट्र


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


930
Shares
  • change font
  • change font
  • change font

पेरिस– फ्रान्स संविधानमा नै गर्भपतन अधिकारहरू समावेश गर्ने विश्वको पहिलो देश बनेको छ । फ्रान्सेली संसद्को दुवै सदनका सांसदहरूले मापनको पक्षमा ७८० मत परेको छ भने विपक्षमा २८ मत परेको छ, जुन फ्रान्सेली संविधान संशोधन गर्न आवश्यक दुई तिहाइ भन्दा बढी मत परेको छ ।

पेरिसको दक्षिणपश्चिममा रहेको प्यालेस अफ भर्साइल्समा सांसदहरूको विशेष भेलामा सोमबारको मतदान विधायी प्रक्रियाको अन्तिम चरण पार गरेका थिए भने फ्रान्सेली सिनेट र राष्ट्रिय सभाले यस वर्षको सुरुमा संशोधनलाई व्यापक रूपमा अनुमोदन गरेको जनाइएको छ ।

सो संशोधनले फ्रान्समा गर्भपतन ‘ग्यारेन्टेड स्वतन्त्रता’ हुन पुगेको छ । केही समूह र सांसदहरूले स्पष्ट रूपमा गर्भपतनलाई ‘अधिकार’ भन्न कडा भाषाको लागि आह्वान गरेका थिए।

सांसदहरूले यस कदमलाई फ्रान्सको लागि प्रजनन अधिकारमा समर्थनको स्पष्ट संकेत पठाउनको लागि इतिहास बनाउने तरिकाको रूपमा स्वागत गरेका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

अत्याधिक बहुमत मतदान पछि एफिल टावरमा ‘मेरो शरीर मेरो रोजाई’ उल्लेख गरिएर उत्सव मनाइएको थियो । प्रधानमन्त्री गेब्रियल एटलले मतदान अघि भनेका थिए कि विगतमा गैरकानूनी गर्भपतन सहन बाध्य पारिएका महिलाहरूप्रति सांसदहरूको ‘नैतिक ऋण’ थियो।

‘सबैभन्दा पहिला हामी सबै महिलाहरूलाई सन्देश पठाउँदैछौँ, तपाईंको शरीर तपाईंको हो,’ संसोधन पछि अटलले भने।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सरकारले शुक्रबार अन्तर्राष्ट्रिय महिला अधिकार दिवसमा संशोधन पारित भएकोमा औपचारिक समारोह आयोजना गर्ने जनाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ७ : ०८ बजे

एसीसी यू–१६ इस्ट जोनको उपाधि विजेता नेपाली टोलीस्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडाैं – एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको

‘मर्निङवाक’ निस्किएका कुवँर पाँच दिनदेखि सम्पर्कविहीन

काठमाडौं – अछाम, साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ

महोत्तरीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

जलेश्वर – महोत्तरीको औरही नगरपालिका–७ मा रहेको कृषि सडकमा कल्भर्ट

कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाउँछौं : प्रधानमन्त्री

हुम्ला – प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र

सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता

काठमाडौं – समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारीपीडितलाई रु तीन