नेप्से सामान्य अङ्कले उकालो « Khabarhub

नेप्से सामान्य अङ्कले उकालो


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । सोमबार सकारात्मक सर्किट र मङ्गलबार उच्च अङ्कको गिरावटपछि आज बजार सम्हालिएको हो । परिसूचक नौ दशमलव ३३ अङ्कले बढेर दुई हजार १७ दशमलव ०३ अङ्कमा पुगेको छ ।

आज विभिन्न तीन सय आठ कम्पनीका ९१ लाख ३८ हजार एक सय ५४ कित्ता शेयर ५८ हजार नौ सय ४० पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ४५ करोड आठ लाख ३८ हजार तीन सय ५७ को कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ, जीवन बीमा र म्यूचुअल फण्डबाहेकको समूहको उपसूचक बढेको छ । डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने स्वरोगजार लघुवित्त वित्त विकास बैंकको आठ दशमलव ७०, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आठ दशमलव ६७, गुर्खाज फाइनान्सको आठ दशमलव ०९ र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य आठ प्रतिशतले बढेको छ ।

धेरै गुमाउनेमा मोलुङ हाइड्रोपावर कम्पनी नौ दशमलव ७१ र ग्लोबल आईएमई ब्यालेन्स फण्ड-१ को शेयर मूल्य पाँच दशमलव ५४ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको रु ३३ करोड ३७ लाख ७८ हजार आठ सय सात बराबरको छ लाख ५७ हजार सात सय ३९ कित्ता शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ३ : ४८ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या