पर्यटकको आकर्षणमा सङ्ग्रहालय « Khabarhub

पर्यटकको आकर्षणमा सङ्ग्रहालय


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा अवस्थित धार्मिक पर्यटकीयस्थल करबाकेलीमा सञ्चालनमा आएको सङग्रहालय पर्यटकको आकर्षणको केन्द्र बनेको छ । करबाकेली ‘ट्र्याक’ हुँदै भ्रमणमा आउने पर्यटकका लागि प्राकृतिक सौन्दर्यसँगै ‘पुन समुदायको सङ्ग्रहालय’मुख्य आकर्षणको केन्द्र बनेको हो ।

करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा निर्माण गरिएको पहिचान झल्काउने सङ्ग्रहालयमा दैनिकरुपमा भ्रमणमा आउने पर्यटकले रुचिका साथ अवलोकन गर्ने गरेको करबाकेलीथान संरक्षण समितिका सचिव रवि गर्वुजाले बताए । “धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जन बढी हिमाललाई एकै ठाउँबाट अवलोकन गर्न पाउने यहाँको प्रमुख विशेषता हो, सङ्ग्रहालय सञ्चालनमा आएपछि पर्यटकका लागि थप आकर्षण बनेको छ”, उनले भने ।

मौलिकता झल्कने गरी करिब रु ८५ लाखमा निर्माण भएको यो सङ्ग्रहालय बनाउन गाउँपालिकाले रु सात लाख र प्रदेश सरकारले रु पाँच लाख बजेट उपलब्ध गराए पनि अन्य सबै बजेट सहयोगमार्फत जुटाइएको थियो । दुईतला भएको सङ्ग्रहालयमा समुदायका कला, संस्कृति, परम्परा, रहनसहन, जीवनशैलि, पहिचान झल्कने सामग्री सङ्कलन गरेर राखिएका छन् ।

यहाँ आउने सबै पर्यटकले सङ्ग्रहालयमा राखिएका सामानलाई रुचिका साथ अवलोकन गर्ने गरेको करबाकेलीथानका कर्मचारी चन्द्रबहादुर पुनले बताए । उनका अनुसार यस सङ्ग्रहालयमा पर्यटकका लागि रु एक सय ५० र स्थानीयका लागि रु ५० प्रवेश शुल्क लिने गरिएको छ । विद्यार्थी, बालबालिका, वृद्धवृद्धा र पत्रकारका लागि भने निःशुल्क अवलोकन गर्न पाउने व्यवस्था गरिएको छ ।

सङ्ग्रहालयमा राखिएका परम्परागत पानी घट्ट, कोल, डोको, ढिक्की, जाँतो, मौलिक पहिचान झल्कने पोसाक, हातहतियार, भाँडा, गहनालगायत सामग्रीले पर्यटक आकर्षित हुने गरेका छन् । सङ्ग्रहालयमा राखिएका सामग्रीले परम्परागत समाजको मौलिक कला, संस्कृति, परम्परा, रहनसहन र जनजीवनको झल्को दिने तथा अध्ययनस्थलका रुपमा लिन सकिने बेनीबाट पहिलो पटक करबाकेली पुगेका रमेश शर्माले बताउनुभयो ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ४ : ३२ बजे

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब