बाना अध्यक्ष पन्त अमेरिकी राष्ट्रपति पुरस्कारबाट सम्मानित « Khabarhub

बाना अध्यक्ष पन्त अमेरिकी राष्ट्रपति पुरस्कारबाट सम्मानित


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा स्थापित बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना) अध्यक्ष सुबोध विलास पन्त अमेरिकी राष्ट्रपति पुरस्कारबाट सम्मानित भएका छन् ।

अध्यक्ष पन्तलाई नेपाली समुदायका लागि गरेको निस्वार्थ समाज सेवा र अथक कार्यप्रतिको उच्च सम्मान गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनको तर्फबाट राष्ट्रपतिको जीवनकाल उपलब्धि पुरस्कार अर्थात् प्रेसिडेन्ट लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको हो ।

बाना भवन ऋण मुक्त अभियान अन्तर्गत तेश्रो चरणको कार्यक्रममा पूर्व दुई चरणका कार्यक्रम सहित कूल १ लाख ८ हजार डलर रकम सङ्कलन गर्न सफल भएको पनि जनाइएको छ ।

अध्यक्षा पन्तलाई ऋण मुक्त अभियान अन्तर्गत तेश्रो चरणको कार्यक्रममा बाल्टिमोरकै प्रसिद्ध मोर्गन बिश्वबिद्यालयका प्राध्यापकले राष्ट्रपतिको पदक तथा प्रमाण पत्र हस्तान्तरण गरे ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ५ : ०० बजे

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने