बाना अध्यक्ष पन्त अमेरिकी राष्ट्रपति पुरस्कारबाट सम्मानित « Khabarhub

बाना अध्यक्ष पन्त अमेरिकी राष्ट्रपति पुरस्कारबाट सम्मानित


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा स्थापित बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना) अध्यक्ष सुबोध विलास पन्त अमेरिकी राष्ट्रपति पुरस्कारबाट सम्मानित भएका छन् ।

अध्यक्ष पन्तलाई नेपाली समुदायका लागि गरेको निस्वार्थ समाज सेवा र अथक कार्यप्रतिको उच्च सम्मान गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनको तर्फबाट राष्ट्रपतिको जीवनकाल उपलब्धि पुरस्कार अर्थात् प्रेसिडेन्ट लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको हो ।

बाना भवन ऋण मुक्त अभियान अन्तर्गत तेश्रो चरणको कार्यक्रममा पूर्व दुई चरणका कार्यक्रम सहित कूल १ लाख ८ हजार डलर रकम सङ्कलन गर्न सफल भएको पनि जनाइएको छ ।

अध्यक्षा पन्तलाई ऋण मुक्त अभियान अन्तर्गत तेश्रो चरणको कार्यक्रममा बाल्टिमोरकै प्रसिद्ध मोर्गन बिश्वबिद्यालयका प्राध्यापकले राष्ट्रपतिको पदक तथा प्रमाण पत्र हस्तान्तरण गरे ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ५ : ०० बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन