आर्मी झापा गोल्डकपको सेमिफाइनलमा « Khabarhub

आर्मी झापा गोल्डकपको सेमिफाइनलमा


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- झापा गोल्डकपको चार पटकको विजेता त्रिभुवन आर्मी क्लब छैटौं झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

विर्तामोडस्थीत डोमालाल राजवंशी रंगशालामा बुधबार भएको खेलमा मच्छिन्द्र फुटबल क्लबलाई २ –१ गोलको जित निकाल्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीका लागी खेलको ६१ औं मिनेटमा नवयुग श्रेष्ठले पहिलो गोल गरे भने ८० औं मिनेटमा बसन्त जिम्बाले थप गोल गरि नजिता दोब्बर बनाए ।

सुरुमा अग्रता लिएको मच्छिन्द्र फुटबल क्लबका लागी खेलको ११ औं मिनेटमा हिसुब थपलियाको उत्कृष्ट पासमा स्टेफन्स विनोङ्सले गोल गरे । दुई पटकको ए डिभिजन लिग बिजेता मच्छिन्द्रले खेलको शुरुवातीमा आक्रमक खेलेपनि अग्रता जोगाउन नसक्दा पराजय व्यर्होनुपर्यो । पहिलो हाफमा दवावमा परेको आर्मिले दोस्रो हाफमा सम्हालिदैं उत्कृष्ट खेल प्रर्दशन गरेको थियो ।

छैटौं संस्करणको झापा गोल्डकप फागुन २८ गते सम्म सञ्चालन हुनेछ । बिहीबारको खेल आयोजक झापा– ११ र एन्फा मकवानपुर बिच अन्तिम क्वाटरफाईनल खेल हुने झापा गोल्डकप आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ६ : ५० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको