नयाँ मन्त्रीले लिए सपथ, अन्तिम समयमा समाजवादी पनि समेटिँदा भयो ढिला | Khabarhub Khabarhub

नयाँ मन्त्रीले लिए सपथ, अन्तिम समयमा समाजवादी पनि समेटिँदा भयो ढिला


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


13.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज मन्त्रिपरिषदमा थपिएका १६ जना मन्त्रीहरुले सथप ग्रहण गरेका छन् । आजै ५ बजे सपथ ग्रहण तय भएपनि नेकपा एकीकृत समाजवादीले ढिला गरी सरकारमा सहभागी हुने निर्णय गरेपछि सपथ ग्रहण समारोह पनि अबेर भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष १६ जना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका हुन् । राष्ट्रपति पौडेलले तीन जना उपप्रधानमन्त्रीलाई बेग्लै र बाँकी १३ जना मन्त्रीहरुलाई बेग्लै सपथ गराएका छन् ।

सपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसहित संवैधानिक निकायमा प्रमुख, कूटनीतिक नियोगका उच्च अधिकारी र उच्च पदस्थ सरकारी कर्मचारीको उपस्थिति थियो ।

नयाँ मन्त्रिपरिषदमा नेकपा एमालेले राजेन्द्रकुमार राईलाई खानेपानीमन्त्री, पदम गिरीलाई कानुनमन्त्री, भगवती चौधरीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको जिम्मेवारी दिएको छ ।

त्यसैगरी, बलराम अधिकारीलाई भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

एमालेले दामोदर भण्डारीलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री र हरि उप्रेतीलाई रक्षा मन्त्रालयको जिम्मा दिएको छ भने ज्वालाकुमारी साह कृषिमन्त्री बनेकी छिन् । एमालेले रघुवीर महासेठलाई उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री बनाएको छ । यसअघि एमालेबाट मन्त्री भएका पदम गिरीलाई कानुनमन्त्रीको जिम्मेवारी दिइएको छ ।

यता नेकपा माओवादी केन्द्रले भने नारायणकाजी श्रेष्ठलाई पराराष्ट्रमन्त्री बनाएको छ भने वर्षमान पुनलाई अर्थमन्त्रालयको जिम्मेवारी दिएको छ । रेखा शर्मा सञ्चार र शक्ति बस्नेत ऊर्जामन्त्री भएका छन् । माओवादीले यसअघि सपथ ग्रहण गरिसकेका हितबहादुर तामाङलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिएको छ ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति लामिछाने गृहमन्त्री, उपसभापति डीपी अर्याल श्रममन्त्री, खेलकुदमन्त्रीमा विराजभक्त श्रेष्ठ र सहमहामन्त्री सुमना श्रेष्ठलाई शिक्षा मन्त्रालय पठाएको छ ।

ढिलो गरी सरकारमा सहभागी भएको नेकपा एकीकृत समाजवादीले भने भानुभक्त जोशीलाई संघीय मामिला र धनबहादुर बुढालाई शहरी विकासमन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको छ ।

यसअघि चारदलीय गठबन्धनको सहमतिपत्रमा हस्ताक्षर गरेको जनता समाजवादी पार्टी जसपा नेपालले भने आफ्नो तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीबारे कुनै निर्णय लिएको छैन ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ८ : ०५ बजे

राहदानी सेवा ५१ दिनपछि सञ्चालन

दमौली– गत भदौमा जेन-जीद्वारा गरिएको प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट

दुर्गा प्रसाईँले भने- मंसिर ७ देखि देशव्यापी आन्दोलन गर्छौँ 

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा

शेख हसिनाको चेतावनी- अवामी लिगबिना निर्वाचनले बङ्गलादेशमा विभाजनको बीज रोप्नेछ

एजेन्सी– बंगलादेशकी फरार पूर्व प्रधानमन्त्री शेख हसिनाले आफ्नो पार्टी अवामी

‘अब सुन्छ अमेरिका’ विवादपछि गायक पशुपति भन्छन् – समस्या हुने देखेरै सम्झौता रद्द गरेको हुँ

काठमाडौं – ‘अब सुन्छ अमेरिका’ कार्यक्रमका आयोजक फ्लाई नेपालबाट अमेरिकामा