दोलखाको वैतेश्वरमा सिंदुरे रोगको प्रकोप | Khabarhub Khabarhub

दोलखाको वैतेश्वरमा सिंदुरे रोगको प्रकोप


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

दोलखा- यस पटकको हिउँदमा पर्याप्त पानी नपर्दा दोलखाका किसानले लगाएको गहुँ बालीमा पहेँलो सिंदुरे रोगको प्रकोप देखिएको छ । पर्याप्त हिउँदे वर्षा नहुँदा किसानले लगाएको गहुँ बालीमा सिंदुरे रोगको प्रकोप फैलिएको पाइएको हो । मुख्यगरी जिल्लाको वैतेश्वर गाउँपालिकाको वडा नम्बर-१ को गोपी बेँसी, वडा नम्बर-३ को मजुवा दोभाने बेँसी, निम्कोट बेँसीमा धेरै मात्रा सिंदुरे प्रकोप देखिएको हो ।

यता वैतेश्वर गाउँपालिकाको कृषि शाखाले हालसम्म सिंदुरे प्रकोप भएका ठाउँका किसानले कृषि प्राविधिकलाई कुनै जानकारी नगराएको जनाएको छ । यता सम्पर्कमा आएका वडा नम्बर ३ का केही किसानलाई रोग नियन्त्रणको लागि प्राविधिक सल्लाह सहित विषादी समेत दिएर पठाएको वैतेश्वर गाउँपालिका कृषि प्राविधिक निरोज पाण्डेले बताए ।

प्राविधिक पाण्डेका अनुसार हालसम्म प्रकोपपीडित दुई जना किसान पालिकाको सम्पर्कमा आएका थिए र  उनीहरुलाई रोग नियन्त्रणको आवश्यक सल्लाह र केही विषादी समेत दिएर पठाइएको थियो । त्यसबाहेक हालसम्म कुनै किसानले रोगको बारेमा जानकारी नदिएको उनले बताए ।

-सुबास बस्नेत

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ९ : २० बजे

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले