सञ्चारमन्त्री शर्माले गरिन् पदभार ग्रहण « Khabarhub

सञ्चारमन्त्री शर्माले गरिन् पदभार ग्रहण


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शपथलगत्तै सिंदरबारमा पुगेर पदभार ग्रहण गरेकी छिन् ।

उनलाई मन्त्रालयमा कर्मचारीहरुले स्वागत गरेका थिए । सो क्रममा उनले नेपालमा व्याण्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे) को सम्भावना अध्ययनका लागि समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेकी छिन्  । उनले हाल नेपालमा अन्तर्राष्ट्रिय इन्टरनेट व्याण्डविथको आयात तथा वितरणको अवस्था, नेपालमा व्याण्डविथ प्लेटफर्मको सम्भावना र सान्दर्भिकताको अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउने गरी पहिलो निर्णय गरेकी हुन् ।

पदबहालीपछि मन्त्री शर्माले सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्न सबै गम्भीर भएर अघि बढ्नुपर्ने बताइन् । उनले सुशासनको यात्रामा अब कुनै पनि बहानामा काम नगर्ने छूट नरहेको उल्लेख गरिन् ।

यसअघि शर्माले विसं २०७९ माघ ३ गतेदेखि विसं २०८० फागुन २१ गतेसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  १० : ०२ बजे

देवीघाटमा ६० मिटर लामो एक्रोब्रिज बन्दै, चाँडै सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका अधिकांश

बाढीले नाम्रुङमा पुल र जलविद्युतमा क्षति : चुमनुब्रीवासी र पर्यटक समस्यामा

गोरखा – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

काठमाडौं– एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’