आज २०८० साल चैत २४ गते शनिबारको राशिफल « Khabarhub

आज २०८० साल चैत २४ गते शनिबारको राशिफल


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल चैत २४ गते शनिबार तदनुसार सन् २०२४ अप्रिल ६ तारिख। चैत कृष्ण पक्षको द्वादशी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : कर्म क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। एउटा लक्ष्य पूरा हुने योग छ। अरुलेसमेत तपाईंबाट अपेक्षा गर्न थाल्नेछन्। सामाजिक संस्थामा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : अरुको मन जित्ने सकिने छ। श्रमको मूल्य प्राप्त हुनेछ। भगवानको नाम स्मरण गरेर कामको सुरुवात गरे सफलता मिल्नेछ। परिवारसँगको सल्लाहमा काम गर्नु राम्रो हुनेछ।

मिथुन : आफन्तसँगको सम्बन्ध सुधार हुनेछ। परिवारसँगको भेटघाटले मन खुशी हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट लाभ मिल्छ। मनको कुरा अरुलाई नभन्नु राम्रो हुन्छ।

कर्कट : आफ्नो भनाइ वा निर्णय कार्यान्वयन नहुने दिन छ। लगानी गर्नु अगाडि सोच्नु राम्रो हुनेछ। संघर्षपूर्ण दिन भएकाले तनाव बढ्ने देखिन्छ। परिवारको सहयोगले भने मन खुशी हुनेछ।

सिंह : धर्मकर्म र समाजसेवामा मन जानेछ। सोचेका काम बन्नेछन्। आर्थिक वृद्धि हुनेछ। वैदेशिक क्षेत्रमा फाइदा होला। सामाजिक काममा मन जानेछ। प्रेम सम्बन्धमा खटपटीको योग छ।

कन्या : शेयर बजारमा फाइदा हुनेछ। चिठ्ठा पर्ने योग छ। आफ्नो ख्याल आफैले गर्नुपर्ने दिन छ। कर्म क्षेत्रबाट नाम, दाम र सम्मान प्राप्त हुनेछ। परिवारको साथ र सहयोग अटुट रहनेछ।

तुला : वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। काम गर्नु अगाडि हिम्मत जुटाउनुपर्नेछ। लगानीको क्षेत्रमा उत्साह थपिने छ। शिक्षा र समाजसेवामा मन जानेछ।

वृश्चिक : फजुल खर्च बढ्ने योग छ। बन्न लागेको काममा अवरोध सिर्जना हुनसक्छ। सामाजिक सम्मान र वैदेशिक लगानीबाट फाइदा हुनेछ। परिवारबाट साथ र सहयोग रहने छ।

धनु : व्यापारमा लाभ हुनेछ। तपाईंले न्याय पाउने योग छ। धर्ममा मन जानेछ। ठुला मान्छेसँग संगत हुने योग छ। शिक्षामा नाफा हुनेछ। पारिवारिक प्रेम र सामाजिक सम्मान हुने देखिन्छ।

मकर : कार्य क्षेत्रमा सफलता मिल्नेछ। नयाँ सवारी साधनमा चढ्ने योग छ। काम गर्नु अगाडि परिवारबाट सुझाव लिएको राम्रो हुनेछ।

कुम्भ : प्रतिक्षाको फल राम्रो हुनेछ। परिवारको साथ रहने छ। साथी र बन्धुले साथ दिनेछन्। रमाइलो गरेर दिन बित्नेछ। खुट्टा तान्ने सक्रिय भएकाले सचेत बन्नुपर्छ।

मीन : धनको खर्च अनावश्यक ठाउँमा हुने जोखिम छ। फजुल खर्च गर्ने बानीले परिवारमा विवाद हुनसक्छ। वैदेशिक लगानीबाट राम्रो आम्दानी हुनसक्छ। यात्रा सफल भए पनि व्यवसायमा घाटा हुने देखिन्छ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ५ : १९ बजे

भाइरल म्यानद्वय रतन र मीनविरुद्ध साइबर व्यूरोमा जाहेरी

काठमाडौं- पछिल्लो समय विवादित अभिव्यक्ति दिएर भाइरल भइरहने युट्युबर रतन

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीलाकुमारी निर्विरोध

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध भएकी

पर्वतमा गहुँबालीको प्रजनन बीउ उत्पादन गरिँदै

पर्वत– पर्वतमा यस वर्ष देखि गहुँबालीको प्रजजन बीउका लागि गहुँखेती

अरनिको राजमार्ग : धुलिखेल–खावा सडकमा कालोपत्रे सुरु

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा आजदेखि कालोपत्रे गर्ने

शंकर अग्रवाल छुट्दा छोरा शुलभलाई थपियो ५ दिन म्याद

काठमाडौं- सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी शुलभ अग्रवाललाई हिरासतमा