डाँडा र पाखामा लालीगुराँसको सुन्दरता « Khabarhub

डाँडा र पाखामा लालीगुराँसको सुन्दरता


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सधै उराठ लाग्दा नेपालका पहाडी पाखा र हिमाली विकट क्षेत्र यत्तिबेला गुराँस फुलेर आकर्षक बनेका छन् । कतिपय ठाउँमा स्थानीय तहले गुराँसलाई पर्यटनसँग जोड्नका लागि विभिन्न कार्यक्रमसमेत बनाएका छन् । केही क्षेत्रमा गुरास उद्यान बनेका छन् । साताका तस्बिरमा गुराँस, सुन्दर बस्ती, हिमा र पाहाडका डाँडा र पाखा : तस्बिर : रासस

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको जङ्गलमा फुलेको लालीगुराँस र पृष्ठभूमिमा रहेको अन्नपूर्ण हिमालको मङ्गलबार बिहान देखिएको दृश्य। गुराँसको जङ्गल र हिमशृङ्खलाको सौन्दर्यमा रमाउन घोडेपानी उपयुक्त गन्तव्य हो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको लालीगुराँसको जङ्गल । अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गत पर्ने घोडेपानीमा बसन्त यामको आकर्षण लालीगुराँसको मनमोहक जङ्गल हो । तस्बिर : सन्तोष गौतम/रासस

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको लालीगुराँसको जङ्गलको सोमबार खिचिएको दृश्य । अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गत पर्ने घोडेपानीमा बसन्त यामको आकर्षण लालीगुराँसको मनमोहक जङ्गल हो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल घोडेपानीको वनपाखामा ढकमक्क फुलेका विभिन्न प्रजातिका लालीगुराँस ।

प्युठानको गौमुखी गाउँपालिका–३ रजवाराको मेलवास जङ्गलमा ढकमक्क फुलेको लालीगुराँस । गुँरास फुल्दा जङ्गल क्षेत्र मनमोहक देखिएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको कालिसारमा निर्माण गरिएको गुराँस उद्यान । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा यो उद्यान निर्माण गरिएको हो ।

 

 

 

 

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ६ : ४३ बजे

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो

माटोको ढिस्कोले पुरिँदा एक मजदूरको मृत्यु, एक घाइते

दाङ – लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगमा काम