साउदी प्रो लिग : अल हिलालको २५औँ  जित « Khabarhub

साउदी प्रो लिग : अल हिलालको २५औँ  जित


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउदी प्रो लिग फुटबलमा अल हिलालले आफ्नो अपराजित यात्रा जारी राखेको छ । गएराती सम्पन्न खेलमा अल खालिजलाई ४–१ गोल अन्तरले पराजित गर्दै अल हिलालले  सानदार जित निकालेको हो ।

अल हिलालका लागि माल्कमले दुई तथा सालेह अलशेश्री र अब्दुल्लाह अल हामदानले एक–एक गोल गरेका थिए । अल खालिजका लागि मोहमद शेरिफले एक गोल गरेका थिए ।

यो जितसँगै अल हिलाल २७ खेलबाट ७७ अंकका साथ लिग तालिकाको शीर्ष स्थानमा छ । अल हिलालले २७ खेलमा २५ मा जित र दुईमा बराबरी गरेको छ ।

लिग अन्तर्गत अल नासर ६५ अंकका साथ दोस्रो स्थानमा छ । पराजित भएको अल खालिज ३४ अंकसहित नवौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ८ : ४० बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर