सृजनाले रङ्गियो ‘नेपाल-भारत सम्बन्ध’ « Khabarhub

सृजनाले रङ्गियो ‘नेपाल-भारत सम्बन्ध’


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


867
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काँकडभिट्टा बस्ने कलाकार तेटेन शेर्पा नेपाल र भारतमा कला सृजना गर्दै आएका छन् । उनी नेपाल र भारतका कलाकारका लागि सम्बन्ध सेतु नै बनेका छन् । 

बेलाबेलामा भारतमा जाने गर्छन् चित्र सृजना गर्छन् फेरि नेपाल आउँछन् र सृजना गर्छन् । यसरी जाँदा आउँदा उनलाई नेपाल र भारतका भूगोल, संस्कृति, रहनसहन, मानिसको अनुहार, वेशभूषा एकै लाग्छन् ।

शेर्पाले भारतीय कलाकारसँगै काठमाडौँ आएका बेला नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा जारी कला प्रदर्शनीका क्रममा ‘सम्बन्ध’ विषयमा चित्र सृजना गरे। उनले आफ्नो मावली घर भारतको दार्जिलिङ भएकाले मेची नदीलाई बीचमा पारेर दुई देशको दृश्य कैद गरी आपसी सम्बन्धलाई प्रस्तुत गरेका थिए।

‘मैले दुई देशको सम्बन्ध देखाउन खोजेको हुँ । माओली घर भारतको दार्जिलिङ हो । त्यसैले मेचीलाई साक्षी राखेर नेपाल र भारतको दृश्यचित्र कैद गरेको छु’, शेर्पाले भने। आफ्नो र मावली घरको सम्बन्ध कस्तो हुन्छ, त्यस्तै सम्बन्ध नेपाल र भारतबीचको छ भन्ने कुरा पस्कन खोजेको उनले बताए। 

कार्यशालामा अर्का कलाकार डिबी राईले कार्यक्रम अनुसार कै विषयमा चित्र सृजना गरे। उनले आदिवासी किराँत संस्कृतिलाई प्रस्तुत गरे । जुन नेपाल र भारतमा छ । राई लिम्बूको संस्कृति नेपाल र भारतको सिक्किम, दार्जिलिङमा पनि छ । खर्साङ कालिङपोङमा पनि उस्तै छ ।

उनले सृजनामा किराँतेश्वरको मूर्तिलाई आधार बनाएर ‘फ्युजन’ गर्न खोजेको बताए। गरिएको छ । राईले भने, ‘एकै भाषा र संस्कृति भएपछि सम्बन्ध यसै बलियो हुने नै भयो, मेरो सृजनाले पनि त्यही भन्छ ।’

अर्का कलाकार एनबी गुरुङले अमूर्त चित्र सृजना गरी दुई देशबीच सदिऔँदेखिको भाइचारा र आत्मीय सम्बन्धलाई प्रस्तुत गरे । भारतका कलाकारको नेतृत्व गर्दै आएकी दीपा राईले महिलालाई बिम्ब बनाएर दुई देशको आपसी भाइचाराको सम्बन्धलाई प्रस्तुत गरे ।

कार्यशालामा सम्बन्धलाई फरकफरक दृष्टिकोणबाट भारतीय कलाकारहरू पासाङ शेर्पा, कमल खालिङ, धीरज प्रधान, सागर सुब्बा, विमला प्रधान, विके सुब्बा, कृष्ण राई, छेन्डुप लेप्चा, विकास सुब्बा, टीका प्रधान, रिचर्ड जी लेप्चा, टेसेटेन शेर्पाले जलरङका माध्यमबाट क्यान्भास सजाए ।

उनीहरूलाई नेपाली कलाकारले साथ दिए । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले काठमाडौँमा नेपाल र भारतका कलाकारको सहभागितामा सम्बन्ध शीर्षकमा तीनदिने कला कार्यशाला र प्रदर्शनी आयोजना गरेको छ । 

कार्यशालाका क्रममा आज कलाकारहरू भक्तपुरको दरबार स्क्वायर क्षेत्रमा पुगेका छन् । कला र सृजनाका माध्यमबाट दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताए । उनले कलाको भाषा वा सीमा नहुने अमूर्त सम्बन्ध जस्तै हुने बताए।

हार्तम्छालीले सृजनालाई राजनीतिक सीमाले कहिल्यै नछेक्ने हुँदा सृजनाको भाषा विश्वमै अब्बल हुने बताए । उनका अनुसार कार्यशाला र प्रदर्शनीमा १३ भारतीय र २२ नेपाली कलाकार सहभागी छन् । उनीहरूले बनाएका सृजनाहरू नक्सालमा आज पनि प्रदर्शन भइरहेको छ । मुख्यगरी भारतको सिक्किम, दार्जिलिङ र कालिङपोङका कलाकार यहाँ आएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ३ : ०२ बजे

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६