एमाले र रास्वपाका नेता सहकारी ठगीमा संलग्न रहेकाले छानविन समिति बन्न दिएनन् : नैनसिंह महर « Khabarhub

एमाले र रास्वपाका नेता सहकारी ठगीमा संलग्न रहेकाले छानविन समिति बन्न दिएनन् : नैनसिंह महर


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश नेताहरू सहकारी ठगीमा संलग्न रहेकाले संसदीय छानविन समिति गठन हुन नसकेको बताएका छन्।

नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघ केन्द्रीय परिषद्को भेलालाई विराटनगरमा सम्बोधन गर्दै नेता महरले एमाले र रास्वपाका अधिकांश नेता सहकारी ठगी प्रकरणमा मुछिएको र मन्त्रिपरिषद्‌मा पनि विवादित व्यक्तिहरू रहेकाले वर्तमान सरकारबाट सुशासनको कुनै अपेक्षा नरहेको बताए।

‘विवादित व्यक्ति यतिबेला मन्त्रिमण्डलमा छन्। हामीले सडकदेखि सदनसम्म सहकारीमा जम्मा गरेको जनताको रकम दुरुपयोग गर्नेहरूमाथि छानविनका लागि आवाज उठाइरहेका छौं। तर, सरकार अटेरी गरिरहेको छ। किनकि सरकारमा प्रधानमन्त्रीभन्दा बलिया आपराधिक मानसिकता भएका व्यक्तिहरू छन्। उनीहरूले प्रधानमन्त्रीलाई विभिन्न दवाव र प्रभावमा पारिरहेका छन्’ महरले भने।

त्यस्ता व्यक्तिहरूलाई जनताले समयमै पाखा लगाउनु पर्ने महरले बताए। सहकारी ठगीदेखि विभिन्न प्रकरणमा मुछिएकाहरू वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी रहेकाले उनको हालको क्याबिनेट नै अपराधीको संगठन जस्तो रहेको महरले आरोप लगाए।

अपराधमा संलग्न मन्त्रीहरूले आफूलाई जोगाउन चलखेल गर्ने बाहेक उनीहरूबाट अन्य कुनै अपेक्षा गर्न सक्ने ठाउँ नरहेको महरको भनाइ छ। ‘आज चैत्र २४ गते २०४६ सालमा जनआन्दोलन सुरु भएको दिए। सोही आन्दोलनको जगमा प्रजातन्त्र स्थापना भएको थियो। आज नै उपनिर्वाचनका उम्मेदवारहरूको उम्मेदवारी दर्ताको दिन परेको छ। आजकै दिनबाट सबै जनताले प्रण गरेर जनता र देशका प्रति गद्दारी गर्नेहरूलाई कहिले साथ दिने छैनौँ भनेर प्रण गर्नु आवश्यक छ,’ उनले भने।

भ्रमको ललिपप देखाएर वदमासी गर्न खप्पिस नयाँ राजनीतिक दलहरूसँग जनता विशेष सतर्क रहनु पर्ने महर बताउँछन्। अरुलाई गाली गरेरमात्र सधैँ भ्रमको राजनीति गर्न नसकिने उनले बताए।

‘पार्टी जन्मिने बित्तिकै रास्वपालगायत नयाँ दलमा आवद्ध नेताहरूका एकपछि अर्को आपराधिक कुकर्म सार्वजनिक भइरहेका छन्। अब जनताले प्रस्टरूपमा बुझिसक्नु भएको छ। त्यसैले उहाँहरूले धेरै ठूला कुरा नगर्दा हुन्छ,’ महरले भने। 

नेपालमा प्रजातन्त्र प्राप्तिका लागि कर्मचारी, श्रमिकलगायत सबैको महत्त्वपूर्ण भूमिका रहेकाले नेपाली राजनीतिले उक्त भूमिकालाई भुल्न नहुने बताएका छन्।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ३ : ०६ बजे

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न