७२ करोड घाटा ब्यहोरेको सलमान खानको सुपर फ्लप फिल्म « Khabarhub

७२ करोड घाटा ब्यहोरेको सलमान खानको सुपर फ्लप फिल्म


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


38.7k
Shares
  • change font
  • change font
  • change font

मुम्बई– फ्यानहरू सलमान खानका फिल्महरूको उत्सुकताका साथ प्रतीक्षा गर्छन् र उनका फिल्महरू रिलिज हुनेबित्तिकै थिएटरहरूमा पुग्छन्। तर, सलमान खानका हरेक फिल्म हिट भएका छन् र उनले कुनै फ्लप फिल्म दिएका छैनन् भन्ने होइन ।

बलिउडका भाइजानले  ‘रेस ३’, ‘किसी का भाइ किसकी जान’, ‘ट्युबलाइट’ र ‘एन्टिम’ जस्ता धेरै फ्लप फिल्म दिएका छन् । तर, उनको एउटा फिल्म थियो जसले बक्स अफिसमा निकै संघर्ष गर्यो र भारतमा १० करोड मात्रै कमाउन सफल भयो । ठूलो बजेटमा बनेको यो एक्सन फिल्मले निर्मातालाई करोडौं घाटा बेहोरेको थियो ।

यो फिल्म अरु कुनै अरु होइन्, सन् २०२१ मा रिलिज भएको ‘राधे’ हो । सलमान खान स्टारर फिल्ममा दिशा पटानी र रणदीप हुड्डा पनि देखिएका थिए । ९० करोडको बजेटमा बनेको ‘राधे’ कोरोना महामारीका बेला रिलिज भएको थियो । त्यतिबेला यो महामारीको दोस्रो लहर थियो र मानिसहरू सार्वजनिक स्थानमा जानबाट जोगाइरहेका थिए। यही कारण थियो ‘राधे’ले भारतमा १० करोड मात्रै कमाउन सक्यो ।

‘राधे’ विदेशमा सीमित थिएटरमा मात्रै रिलिज भएको थियो । यस्तो अवस्थामा विश्व बक्स अफिसमा फिल्मको कलेक्सन १८ करोड मात्रै थियो । यस्तो अवस्थामा निर्माताले ७२ करोड भारुको ठूलो घाटा बेहोर्नु परेको स्पष्ट छ । पछि निर्माताहरूले जी स्टुडियोलाई २४० करोडमा ‘राधे’ को ओटीटी अधिकार बेचे, जसले तिनीहरूलाई धेरै मद्दत गर्यो। तर, ओटीटी प्लेटफर्ममा पनि मानिसले फिल्मलाई खासै मन पराएनन् ।

सलमान खानको ‘राधे’ ले अहिलेसम्मकै सबैभन्दा कम मूल्यांकन गर्ने फिल्मको कीर्तिमान पनि बनाएको छ । फिल्मको आइएमडिबी स्कोर १० मध्ये १.९ मात्र छ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ३ : ४५ बजे

कात्तिक १८ देखि २१ गतेसम्म राष्ट्रिय जुनियर टेनिस च्याम्पियनसिप हुने

कास्की– पोखरामा प्रथम संस्करणको राष्ट्रिय जुनियर टेनिस च्याम्पियनसिप–२०२६ आयोजना हुने

छठअघि सिर्सिया नदी सफाइ अभियान

काठमाडौँ– छठ पर्वलाई लक्षित गरी वीरगञ्जस्थित सिर्सिया नदीको सरसफाइ तथा

सोलुको फेरुचेमा हेलिकप्टर दुर्घटना, एक विदेशीको मृत्यु, एक जना घाइते

सोलुखुम्बु– सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर अवतरणका

पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्ड दुईघण्टा बन्द

चितवन– पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज पनि बन्द गरिएकाे छ

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

काठमाडौँ– काठमाडौँको सुन्दरीजलमा गए राति दुई मोटरसाइकल एकआपसमा ठोक्किएर भएको