युक्रेनको अन्तर्राष्ट्रिय मुद्रा सञ्चिति उच्च | Khabarhub Khabarhub

युक्रेनको अन्तर्राष्ट्रिय मुद्रा सञ्चिति उच्च


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

किएभ युक्रेनको अन्तर्राष्ट्रिय मुद्रा सञ्चिति अप्रिल १ सम्म लगभग ४३.८ अर्ब अमेरिकी डलरको रेकर्ड सहित उचाइमा पुगेको युक्रेनको केन्द्रीय बैंकले जनाएको छ ।  

मार्चमा युक्रेनको विदेशी निक्षेप अन्तर्राष्ट्रिय सहायताको कारण १८ प्रतिशतले बढेको छ । युक्रेनले विदेशी साझेदारहरूबाट लगभग ९.३  अर्ब डलर प्राप्त गरेको थियो  जसमा युरोपेली सङ्घबाट ४.९ अर्ब डलर तथा  विश्व बैंकबाट १.६ अर्ब डलर प्राप्त गरेको छ । 

मार्चमा युक्रेनले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का लागि आफ्नो दायित्व पूरा गर्न करिब ७२ करोड ८० लाख डलर र सार्वजनिक ऋणको सेवा र भुक्तानीका लागि  करिब ३६ करोड ३० लाख डलर खर्च गरेको थियो ।  हाल, युक्रेनको अन्तर्राष्ट्रिय मुद्रा सञ्चिति करिब छ महिनाका लागि पर्याप्त छ ।

युक्रेनको विदेशी मुद्रा भण्डार सन् २०२३ मा ४०.५ अर्ब डलर रहेको छ जुन सन् २०२२  को तुलनामा ४२ प्रतिशतले बढी हो ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ५ : ३७ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता