बझाङ प्रदेशसभाको उपनिर्वाचनमा १२ जनाको उम्मेदवारी दर्ता | Khabarhub Khabarhub

बझाङ प्रदेशसभाको उपनिर्वाचनमा १२ जनाको उम्मेदवारी दर्ता


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

बझाङ- बझाङमा प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि १२ जनाको उम्मेदवारी परेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बझाङका अनुसार बेलुकी ५ बजेसम्मको समयभित्र १२ जनाको उम्मेदवारी परेको हो । 

उम्मेदवार दर्ता गर्नेमा नेकपा एमालेबाट दमनबहादुर भण्डारी, नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेकपा माओवादी केन्द्रबाट जनक बुढा, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी राष्ट्रिय मातृभूमि पार्टीबाट विनोदबहादुर थापा, नेपाल मजदुर किसा पार्टीबाट खगेन्द्र बहादुर शाही, नेशनल रिपब्लिक नेपालबाट कमल घर्तिमगर, राप्रपाबाट किशोर कुमार खड्का र जनता समाजवादी पार्टीबाट रामबहादुर जाग्री रहेका छन् ।

त्यस्तै नेपाल जनता दलबाट अशोक सुनार, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का र जनमत पार्टीबाट सुशीला देबी विष्टको उम्मेदवारी परेको ।

२०७९ मङ्सिर ४ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ६ : ५८ बजे

देशभरका छाउगोठ भत्काउन सांसदहरूको माग

काठमाडौं – सांसदहरुले निर्माणाधीन सुरुङ मार्गको काम चाँडो सम्पन्न गर्न,

गरिबी र असमानता अन्त्यका लागि भूमिको अधिकार आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अव्यवस्थित बसोबास, गरिबी र

तस्बिरमा हेर्नुहोस् : नाटक ‘चन्द्रलाई कसले मार्‍यो’ ?

काठमाडौं– म त दर्शक थिएँ, पहिलो सिटमा बसेर नाटक हेर्दै

असार मसान्तको दबाबबीच ३४ अंकले बढ्यो नेप्से 

काठमाडौं– मौद्रिक नीति आएको दोस्रो दिन घटेको बजारमा मंगलबार फेरी रौनक

तुइनबाट महाकालीमा खसेर एकजना बेपत्ता

खलङ्गा– तुइनबाट महाकाली नदीमा खसेर एकजना बेपत्ता भएका छन् ।