इजराइली सेनाद्वारा गाजाबाट एक बन्धकको शव बरामद | Khabarhub Khabarhub

इजराइली सेनाद्वारा गाजाबाट एक बन्धकको शव बरामद


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

जेरुसेलमइजराइली सेनाले शनिबार उसका सैनिकहरूले अक्टोबर ७ मा दक्षिणी इजराइली समुदायमाथि भएको आक्रमणका क्रममा प्यालेस्टिनी लडाकू समूह हमासद्वारा अपहृत एक बन्धकको शव बरामद गरेको बताएको छ । 

इलाद कात्जिरको शव भेटिएपछि सेनाले युद्धका क्रममा गाजाबाट घर ल्याएको शवको सङ्ख्या १२ पुगेको छ । यद्यपि कात्जिरको मृत्युका लागि इजराइली अधिकारीहरूलाई दोष दिएकी उनकी बहिनीलाई कुनै सान्त्वना प्राप्त भएन । 

गाजा युद्धमा एक साताको युद्धविरामका क्रममा नोभेम्बर २४ मा उनलाई रिहा गरिएको थियो । सेनाका अनुसार कात्जिरका बुबा अब्राहम किबुत्जमा आक्रमणका क्रममा मारिएका थिए । 

उनकी बहिनी कार्मिट पाल्टी कात्जिरले आफ्नो फेसबुक पेजमा  लेखेकी छन् इलादलाई निर ओजमा उनको घरबाट अपहरण गरिएको थियो ।’ उनले आफ्नो दाजुको मृत्युका लागि इजराइली अधिकारीहरूलाई दोष दिँदै नयाँ युद्धविराम सम्झौतामा अधिकारीहरू सहमत भएको भए उनी जीवित फर्किने बताए । 

उनको टिप्पणीले युद्ध सञ्चालनलाई लिएर प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको गठबन्धन सरकारमाथि बढ्दो दबाबलाई दर्शाउँछ । आइतबार गाजा युद्ध सुरु भएको छ महिना पुगेकाले वार्ताकारहरूले सप्ताहन्तमा कायरोमा युद्धविराम–बन्धक सम्झौतालाई नयाँ सिराबाट जोड दिने अपेक्षा गरिएको थियो । 

नोभेम्बरमा एक साताको युद्धविरामपछि पुनः सुरु भएको वार्तामा कुनै प्रगति भएको छैन । युद्धको प्रारम्भपछि एउटा मात्र यस्तो सम्झौता भएको थियो जसमा इजराइलद्वारा हिरासतमा लिइएका प्यालेस्टिनी कैदीहरूका लागि केही बन्धकको आदानप्रदान भएको थियो । 

अहिलेसम्मको सबैभन्दा रक्तपातपूर्ण गाजा युद्ध अक्टोबर ७ मा हमास लडाकुहरूले गाजामा अभूतपूर्व आक्रमणका साथ सुरु भएको हो । हमासको आक्रमणमा दक्षिणी इजराइलमा अधिकांश सर्वसाधारणसहित एक हजार एक सय ७० मानिसको मृत्यु भएको थियो । 

हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार हमासलाई निमिट्यान्न पार्ने वाचा गरेको इजराइलले हवाई, स्थल र समुद्रबाट लगातार बमबारी गरेको छ । इजराइली आक्रमणमा अहिलेसम्म अधिकांश महिला तथा बालबालिकासहित कम्तीमा ३३ हजार एक सय ३७ जनाको ज्यान गएको छ । 

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ७ : ४५ बजे

जेनजी आन्दोलनका नाममा बर्दिवासमा एक सय ८३ सालका रुख कटान

धनुषा – जेनजी आन्दोलनका नाममा बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित टुटेश्वरनाथ साझेदारी

देशको अवस्था सामान्य नहुने बेलासम्म ‘कमेडी दरबार’ प्रसारण नहुने

काठमाडौं – जेनजी आन्दोलनले देशमा उत्पन्न असामान्य परिस्थितिको कारण देखाउँदै

संविधान बोक्दै काभ्रेमा पत्रकार र वकिलको मौन प्रदर्शन

काठमाडौँ – काभ्रेमा नेपाल पत्रकार महासङ्घको जिल्ला शाखा र नेपाल

दलसँग निकटताले निशानामा मीनबहादुर, विनोद चौधरीदेखि हिल्टन सञ्चालकसम्म

काठमाडौँ– यही सोमबार भएको प्रदर्शनमा राज्यपक्षबाट भएको दमनविरुद्ध मंगबालर जेन–जी

प्रदर्शनका क्रममा निस्केका सिसालाई अन्य फोहरसँग नमिसाउन आग्रह

काठमाडौं – काठमाडौँ महानगरपालिकाले जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त भएका संरचनाबाट