राजस्थानविरुद्ध कोहलीले बनाए शतक « Khabarhub

राजस्थानविरुद्ध कोहलीले बनाए शतक


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


774
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । विराट कोहलीले यस सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो शतक प्रहार गरेका छन् ।

विराटले राजस्थान रोयल्सविरुद्धको खेलमा ६७ बलमा शतक बनाएका हुन् । यो यस सिजनको आइपिएलकै पहिलो शतक हो । त्यस्तै विराट कोहलीको आइपिएलमा अहिलेसम्मको आठौँ शतक हो ।

आजको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको रोयल्स च्यालेन्जर्स बैंगलुरुले २० ओभरमा ३ विकेट गुमाउदै १८३ रन बनाएको छ ।

योसँगै राजस्थान रोयल्सले १८४ रनको लक्ष्य पाएको छ । बैंगलुरुका लागि कोहलीले अविजित ११३ रन बनाए भने कप्तान फाफ डुप्लेसिसले ४४ रन बनाएका थिए ।

त्यसैगरी राजस्थान रोयल्सका बलर युजवेन्द्र चहलले २ विकेट लिए भने नान्द्रे बर्गरले एक विकेट लिएका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ९ : ४५ बजे

रवि लामिछानेमाथिको संगठित अपराध मुद्दा फिर्ताविरुद्धको पेसी सुवेदी र पोखरेलको इजालसमा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी

आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको

युनेस्कोको विश्व सम्पदा सूचीमा रहेका इरानका ऐतिहासिक स्थलमा बमबारी, १५ मजदुरको मृत्यु

तेहरान – इरानको केन्द्रीय सहर इस्फाहानस्थित एक औद्योगिक क्षेत्रमा शनिबार

बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

महोत्तरी– महोत्तरीको बर्दिवास नगरपालिकाका चारवटा वडामा खानेपानीको पहुच पुगेको छ