फोहर फाल्न अवरोध गर्ने क्रममा पक्राउ परेकाहरू रिहा « Khabarhub

फोहर फाल्न अवरोध गर्ने क्रममा पक्राउ परेकाहरू रिहा


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फोहोर फाल्न अवरोध गर्ने क्रममा आज विहान पक्राउ परेका १३ जना रिहा भएका छन् ।

बञ्चरेडाँडामा फोहर विसर्जन गर्न अवरोध गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको र अहिले छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “आज बिहान फोहर बोकेर गएका टिपरलाई रोकपछि बञ्चरेडाँडाबाट उनीहरुलाई नियन्त्रणमा लिएको र अहिले सबैलाई छाडिएको छ ।” काठमाडौँबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी दिनभरि प्रहरी वृत्त बालाजुमा राखेको थियो ।

‘बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समिति’९नुवाकोट–धादिङ० ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिल साइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहर विसर्जनमा अवरोध गरेको थियो ।

समितिले गत फागुन २१ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ११ बुँदे माग पेस गरेको थियो । ती माग सम्बोधन नगरिएको भन्दै समितिले आज बिहानैदेखि फोहर बिसर्जनस्थल नुवाकोटको सिसडोलस्थित कुडुल्ले र धादिङको बञ्चरेडाँडा पुग्ने सडक अवरुद्ध पारेको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  १० : ३३ बजे

लगातार ६ खेलसम्म जितविहीन बन्यो म्यानचेस्टर युनाइटेड

काठमाडौँ – म्यानचेस्टर युनाइटेडको जितविहीन यात्राले निरन्तरता पाएको छ। इङ्लिस

आर्सनललाई जिताएका म्याडुएके : बेन्चबाट मैदान छिर्दै बने खेलका नायक

काठमाडौँ – नोनी म्याडुएकेको निर्णायक गोलको मद्दतले इङ्लिस प्रिमियर लिगमा

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६