लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा « Khabarhub

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्समाथि ९८ रनको शानदार जित निकाल्दै कोलकाता नाइट राइडर्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको कोलकाताले ६ विकेटको क्षतिमा २३५ रन बनाएको थियो। २३६ रनको लक्ष्य पछ्याएको लखनउ १६.१ बलमा १३७ रनमा अलआउट भएको हो। योसँगै कोलकाता १६ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। लखनउ भने पाँचौं स्थानमा झरेको छ। उसको १२ अंक छ।

अटल बिहारी वाजपेयी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताका लागि ओपनर सुनील नारायणले आक्रामक ब्याटिङ गरे। उनले ३९ बल खेल्दै ६ चौका र ७ छक्काको मद्दतमा ८१ रन बनाएका थिए। अंगकृष रघुवंशी ३२, फिल साल्ट ३२, कप्तान श्रेयस अय्यर २३ र आन्द्रे रसेल १२ रनमा आउट हुँदा रमनदीप सिंह २५ र वेंकटेश अय्यर १ रनमा अविजित रहे।

लखनाउका नवीन उल हकले सर्वाधिक तीन विकेट लिए भने यश ठाकुर, रवि बिश्नोई र युद्धवीर सिंहले एकएक विकेट हात पारे।

२३६ रनको लक्ष्य पछ्याएको लखनउका लागि मार्कश स्टोनिसले सर्वाधिक ३६ रन बनाउँदा कप्तान केएल राहुलले २५ रन जोडे। एस्टन टर्नर १६, आयुष बडोनी १५ र निकोलस पुरन १० रनमा आउट हुँदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

लखनउलाई सस्तैमा समेट्न कलकाताका लागि हर्षित राना र वरुण चक्रवर्तीले समान तीनतीन विकेट हात पारे। आन्द्रे रसेलले दुई विकेट लिँदा सुनिल नारायण र मिचेल स्टार्कले समान एकएक विकेट हात पारे।

आईपिएल अन्तर्गत आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबिच प्रतिस्पर्धा हुँदैछ। यो खेला साँझ ७:४५ बजे सुरु हुनेछ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ५ : ४० बजे

भारतको हिमाचल प्रदेशमा सडक दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो

नयाँदिल्ली– उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा भएको सडक दुर्घटनामा ज्यान

प्रचण्डनिकट सरल सहयात्री भन्छन्-  कुलमानजी तपाईं घर फर्किनुस्  

काठमाडौं– पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीका नेता सरल

बाँकेको खजुरापिडारी नालामा बहुकोष्ठ कल्भर्ट निर्माण सुरु

जानकी– हुलाकी राजमार्गको नेपालगन्ज–गुलरिया सडक खण्डको बाँकेको पिडारी नालामा पक्की

विशेष महाधिवेशनको ‘काउन्टर’ मा हुने भनिएको युवा भेला स्थगित

काठमाडौं- ​नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् वरिष्ठ पत्रकार होमनाथ दाहालको

रास्वपासँगको एकता भंग भएपछि कुलमानले उज्यालो नेपालको अध्यक्ष पद सम्हाल्दै 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भंग भएपछि पूर्वमन्त्री कुलमान घिसिङले