हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै | Khabarhub Khabarhub

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो। हमासले बन्दी बनाएका आफन्तको तत्काल रिहा। उनीहरू यसका लागि पर्याप्त पहल नगरेको तथा लगातार युद्धलाई प्रश्रय दिएको भन्दै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुप्रति त्यत्तिकै आक्रोशित छन्।

‘युद्ध कहिले पनि धार्मिक हुन सक्दैन,’ भन्ने नारा तेल अभिभको सडकमा घन्किरहेको छ। यसको प्रभाव अन्यत्र पनि पर्न थालेको छ। हमासका अधिकारीले शनिबार इजिप्टका मध्यस्थकर्तासँग भेट गरेका छन्।

शनिबारको वार्तामा धेरै कुरा अघि बढेन। तर शनिबारको वार्ताले नयाँ बाटोको आधार तयार गरेको छ। यो वार्ताले ७ अक्टोबरदेखि यताको दुई पक्षीय युद्धको अन्त्यको एउटा बाटो खुला भएको छ।

इजरायलबाट आक्रमण रोक्ने शर्तमा हमासले बन्दी बनाएकाको रिहाइका लागि कतार र इजिप्टले युद्ध विरामको लामो प्रयास गरेका छन्। यो प्रयास एउटा चरणमा पुगेको छ। तर यसले मुर्त रूप लिन अझ बाँकी नै छ। यस अघिको ४० दिने युद्ध विरामको घोषणासँगै हमासले धेरै बन्दी रिहा गरेको थियो। यो अवधिमा इजरायलको जेलमा रहेका धेरै प्यालेस्टाइनी रिहा भएका थिए।

हमासका नेता इस्माइल हानीए यसरी आएको युद्ध विरामको प्रस्तावलाई गम्भीरतापूर्वक हेरिरहेको बताउँछन्। हमास अझै अल्पकालीन युद्ध विरामको पक्षमा छैन। गाजाबाट इजरायलको पूर्ण बहिर्गमन र पूर्ण युद्ध विरामको माग हमासले राखिरहेको छ।

हमास अझै अल्पकालीन युद्ध विरामको पक्षमा छैन। गाजाबाट इजरायलको पूर्ण बहिर्गमन र पूर्ण युद्ध विरामको माग हमासले राखिरहेको छ।

इजरायल भने कुनै बुँदामा सहमत भए पनि पूर्ण रूपमा युद्धको अन्त्यको खोजीमा छैन। अझ पुरै गाजा त्यागेर युद्ध रोक्ने पक्षमा हुने कुरै भएन। इजरायली डिफेन्स फोर्स (आइडीएफ) रफाहमा प्रवेश गरेर हमासको बाँकी रहेको बटालियनमा आक्रमण गर्दै त्यसलाई पुरै नास गर्ने योजनामा छ। त्यसरी नास गरेर क्षणिक युद्ध बिरामको पक्षमा इजरायली सरकार रहेको एक अधिकारीले बताएका छन्।

नेतान्याहुलाई अतिवादी दक्षिणपन्थी सत्ताका साझेदार दक्षिणी भागमा अझ बढी आक्रमण गर्न दबाब दिइरहेका छन्। त्यो क्षेत्र छाडेर १४ लाख जना उत्तरी क्षेत्रमा गइरहेका छन्।

इजरायलका समर्थक अमेरिका लगायत शक्ति भने त्यहाँ रहेका धेरै प्यालेस्टाइनीलाई सुरक्षित नगराई थप आक्रामक हुने कुरामा इच्छुक छैनन्। सहयोगी शक्ति त्यहाँका बासिन्दालाई सुरक्षित गर्न तथा बन्दी रिहाइको कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिइरहेका छन्।

७ अक्टोबरका दिन हमासले बन्दी बनाएका २५२ मध्येको १२८ जनाको अवस्था अझै अज्ञात छ। यी मध्येका ३४ जना मारिएको अनुमान गरिएको छ। प्रदर्शनमा सहभागी नाताली डोर अहिलेको युद्ध विरामको पक्षमा आफूहरू सक्रिय रहेको बताउँछिन्। उनले अहिले बन्दी बनाइएका सबैको रिहाइको विकल्प नै हुन नसक्ने बताएकी छिन्।

तेल अभिभको किरिया मिलिटरी बेसमा जम्मा भएका सर्वसाधारण प्रधानमन्त्री नोतन्याहुले यी सबै कुरालाई वेवास्ता गरेको बताउँछन्।

इजरायलका वार क्याबिनेटका सदस्य बेनी गान्टव भने अहिले सबै प्रस्ताव नआई सकेको तथा ती प्रस्ताव आएपछि मात्र थप विषयमा कुरा अघि बढाइने बताउँछन्। उनले औपचारिक रूपमा प्रस्ताव नआएसम्म केही पनि कुरा भन्न नमिल्ने बताएका छन्।

७ अक्टोबरका दिन हमासले बन्दी बनाएका २५२ मध्येको १२८ जनाको अवस्था अझै अज्ञात छ। यी मध्येका ३४ जना मारिएको अनुमान गरिएको छ।

नोभेम्बर महिना यता युद्ध विराम गर्ने भन्ने मानसिकतामा धेरै रहे पनि कुनै उपलब्धि बिना समस्या लामो समयदेखि बढिरहेको छ। यस बिचमा युद्ध रोकिएको छैन। अन्य धेरै कुरामा उपलब्धि पनि हुन सकेको छैन।

धेरै जनाको सहमति छ कि वार्ता सुरु भएको धेरै दिनपछि मात्र पूर्ण रूपमा युद्ध विरामको बाटो तय हुन्छ। युद्ध अन्त्य गर्ने बाटोको सुरुवात नै हुन नसक्नु पक्कै दुःखको कुरा बनेको छ। संयुक्त राष्ट्र सङ्घको विश्व खाद्य परियोजनाले उत्तरी गाजाको अवस्था अत्यन्त नाजुक भएको जनाएको छ।

७ अक्टोबरका दिन हमासले गरेको आक्रमणमा १ हजार २ सय जनाको ज्यान गएको थियो। २ सय ५० जना बन्दी बनाइएका थिए। त्यस पछि भएको इजरायली हवाई आक्रमणमा ३४ हजार ६ सय जनाको ज्यान गएको छ। साथै ७७ हजार ९ सय जना घरबार बिहीन भएका छन्।
पछिल्लो समय घटनाक्रमले तीव्र रूपले अघि बढी रहेका छन्। इजरायली सेनाबाट मारिएका भनिएका एक गाजाका अस्पतालका चिकित्सकले न्यायको माग गर्दै आवाज उठाउन थालेका छन्। ५० वर्षीय अदना अल ब्रसको ज्यान गएको थियो। उत्तरी अस्पतालको अल अवादा अस्पतालबाट सेनाले उठाएर लिएर गएका ती चिकित्सकको गत डिसेम्बर महिनामा ज्यान गएको हो।

हमासको इजरायली सेना माथिको आरोप त अझ गम्भीर छ। ७ अक्टोबरदेखि यताको प्रत्याक्रमणका क्रममा तीन सय ५० जना स्वास्थ्यकर्मी मारिएको जनाइएको छ। पारिवारिक श्रोतले जनाए अनुसार ती चिकित्सक सन् २००९ मा जोर्डन बाट ग्रयाजुएट हुन्। चिकित्सककी श्रीमतीले आफ्नो श्रीमान् सधैँ सेवामा लागेर जीवन बिताएको बताउँछिन्।

अहिले यो समस्या बढ्दै गएको छ। पछिल्लो समय इरानको भूमिकाले समेत युद्ध विराममा समस्या थपेको छ। इरान पनि इजरायलको विरुद्धमा आक्रामक भएपछि यसले सबैलाई क्षुब्ध बनाएको हो।

इजरायलका यातायातमन्त्री यीरी रागेभले इरानको गतिविधिको पनि जवाफ दिनु आवश्यक रहेको बताएका छन्। उनले आफूहरूले प्रविधिको धेरै विकास गरेका कारण मात्र इराकले केही पनि गर्न नसकेको जानकारी गराएका छन्।

सिरियाको डमासकसमा रहेको इरानी कन्सुलेटमा गरेको आक्रमणका कारण ७ जनाको ज्यान गएको थियो। १ अप्रिलमा भएको सो आक्रमणमा ज्यान गुमाउनेमा इरानका इस्लामिक रेभुलेसनरी गार्ड कोर्पका नेता लगायत छन्। त्यसको दुई सातापछि इरानले इजरायलमा तीन सय ड्रोन र मिसाइल आक्रमण गरेको थियो। १९ अप्रिलमा इरानमा धेरै ड्रोन प्रहार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अहिले अवस्था खराब भएको छ। इजरायलले एकपछि अर्को गर्दे आक्रमणलाई बढाइ रहेको छ। यसले धेरै देशलाई अझ बढी आक्रोशित बनाएको छ। यो आक्रोशका माझ कतार र इजिप्टको प्रयास प्रशंसनीय रहेको छ। यो प्रयासले हमास र इजरायलले युद्ध विराममा चासो नदिए अझ गम्भीर समस्या पनि आउन सक्ने जोखिम भने कायमै रहेको छ।


स्रोत : बिबिसी, सिएनएन, अल जजीरा

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ६ : ५९ बजे

हैदरावादलाई हराउँदै कोलकाताले जित्यो आईपीएलको उपाधि

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को उपाधि कोलकाता

महानगरले यसरी काटेको थियो जुद्ध शालिकको सडक (तस्बिरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तार गर्ने भन्दै न्युरोडस्थित जुद्ध शालिकदेखि

नासाद्वारा जलवायु परिवर्तनसम्बन्धी भू–उपग्रह प्रक्षेपण

वासिङ्टन – पहिलो पटक पृथ्वीको ध्रुवबाट बाहिर निस्केको ताप नाप्ने

आजको अर्थसंक्षेप : सरकारको बेरुजु १४ प्रतिशतले बढ्योदेखि नेप्सेकाे ओरालो यात्रासम्म

काठमाडाैं । महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ६१ औँ प्रतिवेदनअनुसार

अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द

बाँके – गर्मी अत्यधिक बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरुमा गर्मी बिदा