इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी « Khabarhub

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका छन् । आज बिहान सम्पन्न खेलमा रोमा र युभेन्टसले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

रोमाका लागि रोमेलु लुकाकु र युभेन्टसका लागि ग्लेसन ब्रेमरले एक–एक गोल गरेका थिए ।

खेलको १५औँ मिनेटमा गोल गर्दै लुकाकुले रोमालाई सुरुवाती अग्रता दिलाएका थिए । तर ३१औँ मिनेटमा ब्रेमरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि दुवैतर्फबाट थप गोल नहुँदा रोमा र युभेन्टस बराबरी खेल्दै अंक बाँड्न बाध्य भए ।

यो बराबरीपछि युभेन्टस ३५ खेलबाट ६६ अंकका साथ तालिकाको तेस्रो स्थानमा यथावत छ भने रोमा ६० अंकसहित पाँचौँ स्थानमा छ ।

 

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ७ : १९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको