चोरले एक तोला सुन निलेपछि... | Khabarhub Khabarhub

चोरले एक तोला सुन निलेपछि…


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

पाँचथर– पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् ।

उक्त सुन निलेको ३६ घण्टापछि दिसाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुमित कुशवाहाका अनुसार योङ्या गत चैत २८ गते फिदिम–२ की विष्णुकुमारी तामाङको घरमा चोरी गर्न पसेका थिए ।

परिवारका सदस्यले योङ्याले सुनका गरगहना भएको स्टिलको दराजबाट सामग्री निकाल्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

तत्कालै पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । यस क्रममा योङ्याको साथबाट १५ हजार नगद बरामद गरिएको थियो ।

तामाङका गरगहनामध्ये एक तोलाको सुन फेला परेन । चोरी गर्न गएका योङ्याले उक्त सुन निलेको आशङ्कापछि जिल्ला अस्पताल फिदिममा एक्स–रे गरिएको थियो । एक्स–रे गर्दा योङ्याको पेटमा धातु देखिएको थियो ।

निलेको करिब ३६ घण्टापछि दिसाबाट उक्त सुन निकालिएको थियो । उक्त सुन प्रहरीले फिदिमकै सुनचाँदी पसलमा परीक्षण गराएको थियो ।

गत चैत २८ गते भएको उक्त घटनापछि चोरीसम्बन्धी सबै अनुसन्धान पूरा गरी जिल्ला प्रहरी कार्यालय पाँचथरले योङ्याविरुद्ध जिल्ला अदालत पाँचथरमा मुद्दा दायर गरेको थियो ।

जिल्ला अदालतले हिजो मात्रै प्रतिवादी योङ्यालाई एक लाख ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

तर धरौटी रकम जम्मा गर्न नसपछि उनलाई पुर्पक्षका लागि जिल्ला कारागार पाँचथरमा थुनामा पठाइएको सूचना अधिकारी कुशवाहाले बताए ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  १० : ३८ बजे

कविता : चिहानबाट उठेकी नेतान्याहुकी आमा

शिशुहरूको चित्कारले निद्रा खुलेपछिवयस्कहरूको क्रन्दनले मुटु हल्लिएपछिकेही त सम्झाऊ छोरालाई

हिन्दुकुश हिमालय संसदीय बैठकको तयारी पूरा, उद्घाटन सोमबार

काठमाडौं– ‘हिन्दुकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसद्बीच साझा धारणा, संवाद

काठमाडौंमा आइपुग्यो उड्ने कार,  नाडा अटो शोमा प्रदर्शन हुने 

काठमाडौं– उड्ने कार काठमाडौंमा आइपुगेको छ । नाडा अटोमोबाइल्स एशोसिएसन

सन् २०३६ अघि शुक्र ग्रह भ्रमण गर्ने रुसको योजना

भ्लाडिभोस्टोक– रुसले आफ्नो भेनेरा–डी अन्तरग्रहीय मिसनमार्फत सन् २०३६ भन्दा अघि

सहिदको बलिदान अमूल्य सम्पत्ति : मुख्यमन्त्री सिंह

जनकपुर– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले तेस्रो मधेस आन्दोलनका प्रथम