ठूला दलबीच सहकार्य आवश्यक : रमेश लेखक « Khabarhub

ठूला दलबीच सहकार्य आवश्यक : रमेश लेखक


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आज महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख सचेतक लेखकले अस्थिरताबाट मुलुक जोगाउन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि दलहरुबीच सहमति, सहकार्य र संवाद आवश्यक रहने बताए ।

उनले अहिलेको सरकार समीकरणमा नेकपा (एमाले) भित्र पनि असन्तुष्टि रहेको उल्लेख गर्दै सत्ता समीकरणबारे आफैँमा विरोधाभास र आशङ्का रहेको धारणा राखे ।

नेता लेखकले कांग्रेस र एमालेबीचको सत्ता सहकार्य गर्ने विषयमा ठोस कुरो नभएको स्पष्ट पारे । सरकार सञ्चालनका लागि नभए पनि मुलुकलाई अस्थिरतातर्फ जान नदिन, संविधानको रक्षा गर्न र लोकतन्त्रको सुदृढीकरणका लागि पनि ठूला दलहरुबीच सहकार्य र छलफल आवश्यक हुने प्रमुख सचेतक लेखकको भनाइ छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै सहकारी छानबिनको विषयमा समग्रमा छानबिनको विषयमा सकारात्मक धारणा आएको बताउँदै उनले त्यसका लागि कांग्रेस पनि सकरात्मक रहेको बताए ।

उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नतामाथि छानबिन हुनुपर्नेमा कांग्रेसको अडान यथावत रहेको बताए । यही वैशाख २८ गते संसद् बैठक हुनुअघि उक्त विषय सम्बोधन हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  १० : ५९ बजे

मतदातासँग प्रत्यक्ष संवादमा उम्मेदवार शंकर पोखरेल

देउखुरी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ

‘सुधारिएको कांग्रेसले जनता र राज्य दुवैलाई न्याय दिन्छ’

काठमाडौं– नेतृत्व परिवर्तन गरेर आएको कांग्रेस नै नयाँ पार्टी भएको

वैज्ञानिक समाजवादी नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदै

काठमाडौं – वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको एकता पक्षधर समूह नेपाली कम्युनिष्ट पार्टीमा

भक्तपुरका नागरिकसँग महेश बस्नेतको प्रतिबद्धता- अधुरा विकास योजना पूरा गर्नेछु

काठमाडौं– नेकपा (एमाले)का सचिव महेश बस्नेतले भक्तपुरको अधुरा विकास योजनाहरू

कांग्रेसमा स्थानीय तह बलियो बनाउने अभियान सुरु भएको छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब स्थानीय तह बलियो