चितवनको इच्छाकामनामा ‘कोल्ड ड्रिंक्स’ निषेध, पाहुनालाई दही-महीले स्वागत « Khabarhub

चितवनको इच्छाकामनामा ‘कोल्ड ड्रिंक्स’ निषेध, पाहुनालाई दही-महीले स्वागत


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनको इच्छाकामना गाउँपालिकाले पेय पदार्थहरू ‘कोल्ड ड्रिंक्स’लाई निषेध गर्ने निर्णय लिएको छ ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले किसानलाई फाइदा दिने गरी ‘कोल्ड ड्रिंक्स’ निषेध गरेर दही-मही प्रवर्द्धन कार्यक्रम ल्याइएको बताएका छन् ।

‘सुरुदेखि नै गाउँपालिकामा हामीले यो निर्णय गरेका थियौँ । गर्मीमा अत्यधिक प्रयोग गरिने ‘कोल्ड ड्रिङ्कसभन्दा दही-मही प्रयोग गर्न प्रोत्साहन गर्दैछौँ’, उनले भने, ‘स्थानीय उत्पादनको प्रवर्द्धनका लागि काम गरेका हौँ । अब अरू सरकारी कार्यालयमा पनि सर्कुलर गर्दैछौँ ।’

चिकित्सकहरूले पनि इच्छाकामनाको यो निर्णयको स्वागत गरेका छन् । चिनीको मात्रा अत्यधिक हु्ने कोल्ड ड्रिङ्क्सभन्दा दही-मही उत्कृष्ट पेय भए पनि यसको गुणस्तरमा ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ ।

चिकित्सकहरूले दही-मही र दूध बजारसम्म लैजाँदा सफाइ र प्याकेजिङमा ख्याल गर्न पनि सुझाएका छन् ।

गाउँपालिका अध्यक्ष गुरुङले सरसफाइ र प्याकेजिङको गुणस्तरमा विशेष ध्यान दिन अनुगमन गरिने बताए ।

इच्छाकामना गाउँपालिकाले जाडो मौसममा दूधचियाले पाहुनालाई स्वागत गर्ने भएको छ ।

गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले पालिकाभित्र सबै किसिमका आयातित पेय पदार्थ निषेध गरिसकेको छ । उक्त निर्णयअनुसार गाउँपालिकाले कार्यक्रम हुँदा हरेक पटक १० लिटरसम्म दही-मही किन्ने गरेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  १ : ०७ बजे

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६