ओलीसँग वामदेवको आग्रह : आत्मआलोचना गर्न तयार छु, एमालेमा बोलाएर जिम्मेवारी दिनुस् « Khabarhub

ओलीसँग वामदेवको आग्रह : आत्मआलोचना गर्न तयार छु, एमालेमा बोलाएर जिम्मेवारी दिनुस्


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘नेकपा राष्ट्रिय एकता अभियान’का संयोजक वामदेव गौतमले आफू आत्मआलोचनासहित नेकपा एमालेका फर्किन तयार रहेको बताएका छन् ।

‘सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ’ विमोचन कार्यक्रमलाई सोमबार काठमाडौंमा सम्बोधनका क्रममा नेता गौतमले यस्तो बताएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत उपस्थित उक्त कार्यक्रममा एमालेमा फर्किनका लागि आफू बाटो कुरेर बसिरहेको बताएका छन् ।

‘तत्कालीन पार्टी फुटेपछि म एमाले कार्यालयमा फर्किएको थिएँ’, उनले भने, ‘त्यसबेला मलाई अध्यक्ष ओलीले हाई लेभल कमिटीले निर्णय गर्छ भन्नु भएको थियो तर आजसम्म पर्खिरहेको छु झन्डै ७ महिना भयो, खबर आएको छैन ।’

उनले आफू ७५ वर्षको भएको बताउँदै एमालेले दिएको जुनसुकै जिम्मेवारी पूरा गर्न तयार रहेको पनि ओलीलाई बताएका छन् ।

‘म ७५ वर्षको छु । पार्टीले दिएको जिम्मेवारी पूरा गर्न तयार छु । म आत्मआलोचना गरेर एमालेमा फर्किन तयार छु’, उनले अगाडि भने, ‘मैले महुसस गरेँ, पछिल्लो पटक दुईवटा अध्यक्ष दुईतिर हुँदा चित्त दुख्यो । म कतैतिर पनि लाग्दिनँ भनेर बसेको थिएँ । तर मलाई त्यसबेला वामदेवले पार्टी फुटायो भन्ने आरोप लगाए ।’

उनले नेकपामा विवाद हुँदा आफू एक्लै परेको पनि बताए । ‘म एक्लै थिएँ, अलग बसेँ, उहाँ (केपी ओली) ले आउनुस् भनेकै हो’, उनले अगाडि थपे, ‘उहाँले भनेका बेला नफर्किँदा आज मलाई घाटा लागेको छ । बोलाएको बेला म गइनँ, मलाई ठूलो राजनीतिक घाटा लाग्यो ।’

उनले नेकपाकालीन विवाद सम्झिँदै एकजना अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डतिर बस्दा केपी ओलीलाई गाली गर्नुपर्ने, केपी ओलीतिर बस्दा प्रचण्डलाई गाली गर्नुपर्ने बाध्यता भएकाले आफू चुपचाप बसेको बताए ।

‘त्यसबेला प्रचण्डतिर बसे केपीको आलोचना गर्नुपर्ने, केपीतिर बसे प्रचण्डलाई गाली गर्नुपर्ने बाध्यता थियो’, उनले सुनाए, ‘त्यही भएर म दुवैलाई गाली गर्न नसकेर कतै पनि गइनँ ।’

उनले त्यसबेला नेकपा आफूले नफुटाएको पटक पटक दोहोर्याए । ‘त्यसबेला मैले पार्टी फुटाएको होइन । ०२५४ सालमा पनि पार्टी फुटाएको होइन, त्यसबेला निष्कासित गरेपछि नयाँ पार्टी खोलेको हुँ’, उनले मालेकालीन घटना स्मरण गर्दै भने, ‘त्यसबेला रियालाइजेसन भएको थियो अनि एमालेमा फर्किएँ ।’

उनले मञ्चमा रहेका ओलीतिर इशारा गर्दै नेकपाकालीन विवादमा पनि बोलाएका बेला नजाँदा घाटा लागेको सुनाए । ‘उहाँले बोलाएको बेला जानुपर्‍थ्यो, म गइनँ। तर उहाँ (केपी ओली) ले पनि मेरो साथ लिने कोसिस नै गर्नु भएन’, उनले भने, ‘मैले उहाँलाई सहयोग गर्ने गरी आउँछु भनेकै हो । २०८४ मा हामीले ६० लाख मत ल्याउने गरी योजना बनाऊँ भनेको थिएँ ।’

उनले यदि आफूले फेरि एमाले फुटाउने शंका भएमा आफ्नोपछाडि स्थायी जासुस लगाइदिन ओलीलाई भने । ‘मैले धेरै समर्थक र कार्यकर्ता ल्याएर पार्टी फुटाउने डर लागेको भए मेरो पछाडि कसैलाई लगाइदिनुस्’, उनले ओलीलाई भने ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ३ : ०८ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था