पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु « Khabarhub

पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरा महानगरपालिका-१८ खपौदीस्थित फेवातालबाट गएको पानीको नालामा डुबेर सोही महानगरपालिका-५ मालेपाटन बस्ने १४ वर्षीय सोनाम सुवेदीको आइतबार दिउँसो मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा सोनाम डुबेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदाम समेतबाट खटिएको प्रहरीले उनको शव फेला पारेको हो ।

यसैगरी, पोखरा महानगरपालिका-१७ पावरहाउसस्थित फुस्रेखोलामा डुबेर सोही महानगरपालिका-९ पृथ्वीचोक बस्ने १६ वर्षीय सुप्रिम पौडेलको आइतबार दिउँसो मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा सुप्रिम डुबेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदाम समेतबाट खटिएको प्रहरीले उनको शव फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ३ : १६ बजे

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक

प्रजातन्त्र पुनर्स्थापना भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ– नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम

राशिद खानको जादुयी बलिङ : दिल्ली गुजरातसँग एक रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १४ औं

हावाहुरीसहित वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नचिनेको नम्बरबाट आएको फोनमा विवाद हुँदा पाटनमा दुई युवकको ज्यान गयो

ललितपुर– ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहार गरी दुई