पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु « Khabarhub

पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरा महानगरपालिका-१८ खपौदीस्थित फेवातालबाट गएको पानीको नालामा डुबेर सोही महानगरपालिका-५ मालेपाटन बस्ने १४ वर्षीय सोनाम सुवेदीको आइतबार दिउँसो मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा सोनाम डुबेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदाम समेतबाट खटिएको प्रहरीले उनको शव फेला पारेको हो ।

यसैगरी, पोखरा महानगरपालिका-१७ पावरहाउसस्थित फुस्रेखोलामा डुबेर सोही महानगरपालिका-९ पृथ्वीचोक बस्ने १६ वर्षीय सुप्रिम पौडेलको आइतबार दिउँसो मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा सुप्रिम डुबेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदाम समेतबाट खटिएको प्रहरीले उनको शव फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ३ : १६ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब