संकटमा माटोका भाँडा व्यवसायी | Khabarhub Khabarhub

संकटमा माटोका भाँडा व्यवसायी


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

कैलाली– पछिल्लो समय प्लास्टिकका भाँडा बढी मात्रामा प्रयोग गर्न थालेपछि माटोबाट निर्मित भाँडाले बजार पाउन छाडेको छ । आधुनिकतासँगै बजारमा विभिन्न आकर्षक स्वरुपमा प्लास्टिकका रङ्गीविरङ्गी भाँडा सहजै पाइन थालेपछि माटोका भाँडाले बजार पाउन छाडेको हो ।

धनगढी उपमहानगरपालिका–२ कृष्णनगरकी माटाका भाँडा व्यवसायी नीलमदेवी कलवाराले पहिलेको तुलनामा अहिले माटोबाट बनेका भाँडा बिक्री हुन छाडेको बताए।  

‘माटोका भाँडाको व्यापार पहिले राम्रो हुन्थ्यो । अहिले खासै छैन’, उनले भने, ‘केही वर्ष पहिले गर्मी सिजनमा दिनको पाँच हजारदेखि १० हजारसम्म कारोबार हुनेमा अहिले व्यापार ह्वात्तै घटेको छ ।’ अहिले दैनिक एक हजारदेखि रु तीन हजारसम्म बिक्री हुने गरेको उनले जानकारी दिए।  

लामो सयदेखि व्यवसाय गर्दै आएकी कलवाराले माटोका भाँडाको व्यवसाय घट्दै गएको भन्दै दुःखेसो पोखिन्। 

माटोका भाँडाको व्यवसायबाट खर्च चलाउन मुस्किल भएपछि अहिले ठेलामा गन्ना जुस र अण्डाको पनि व्यवसाय सुरु गरेको कलवाराले जानकारी दिए । पछिल्लो समय माटोका भाँडा बनाउने माटो पाउन मुस्किल हुन थालेपछि भारतको लख्खिमपुरलगायत सहरबाट माटोबाट बनेका भाँडा ल्याएर बिक्री गर्ने गरेको उनको भनाइ छ । 

प्लास्टिकका भाँडा तथा अन्य सामग्री प्रयोग गर्न सहज हुने र जहाँ पनि पाइने हुँदा परम्परागत माटाका भाँडा विस्थापित हुने अवस्थामा पुगेको माटोका भाँडा बिक्री गर्दै आएका व्यवसायी अरविनप्रसाद कलवाराले बताए । 

माटोबाट निर्मित भाँडा टुटफुट पनि बढी हुने भएकाले प्रयोग गर्नेको सङ्ख्या कम भएको अरविनप्रसादको भनाइ छ । घरघरमा सिमेन्टको गमला लगेर बिक्री गर्ने गरिएकाले पनि माटोबाट बनेका गमलाको बिक्री घटेको उनले बताए ।

गाग्री प्रतिवटा रु दुई सयदेखी पाँच सय, गमला प्रतिवटा रु एक सयदेखि रु दुई सय, खुत्रुक्के प्रतिवटा रु ३० देखि रु तीन सय, कलश प्रतिवटा रु १५ देखि ५० मा बिक्री भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ४ : ३१ बजे

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

काठमाडौं – काठमाडौंको टोखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

शान्तिपूर्ण रुपमा स्ववियु निर्वाचन गराउन शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निष्पक्ष एवम् तटस्थ

मजदुर सङ्गठनले ‘हान’लाई बुझाए ध्यानाकर्षणपत्र

काठमाडौं – मुख्य राजनीतिक दल निकट मजदुर सङ्गठनले होटल एसोसियसन

कालीगण्डकी नदीमा दुई मजदुर मृत फेला

पाल्पा – पाल्पाको बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा दुई मजदुर मृत

‘राजागंज’ हेरेपछि सीके राउतले भने– सेन्सरविरुद्ध आवाज उठाउँछौं

काठमाडौं – फिल्म ‘राजागंज’मा सेन्सर बोर्डले जथाभावी कैँची चलाएको भन्दै