उपेन्द्र यादव अमेरिकाबाट मध्यराति आइपुग्दै, मंगलबार बिहान दलको बैठक | Khabarhub Khabarhub

उपेन्द्र यादव अमेरिकाबाट मध्यराति आइपुग्दै, मंगलबार बिहान दलको बैठक


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –आफू नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजन गरेर संघीय परिषद् अध्यक्ष अशोक राईले नयाँ दल खोलिसक्दा उपेन्द्र यादव अझै विदेशमै छन् ।

जसपा नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री यादव मंगलबार सबेरै बिहान १ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्दैछन् ।

अप्रिल ३० देखि मे ३ तारिखसम्म यूएन सेक्रेटरियट न्यूयोर्कमा भएको विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै गत शनिबार बेलुकी यादव अमेरिका गएका थिए ।

तर उनले राष्ट्रसंघीय महासचिव एन्टेनियो गुटरेससहितसँग भेट गरेर नेपाल फर्किन नपाउँदै यादवको दल जसपा नेपाल अब प्रतिनिधिसभामा १२ सिटबाट घटेर ५ मा सीमित भएको छ ।

राष्ट्रसंघको कार्यक्रममा सहभागी भएर मंगलबार बिहान १ बजे यादवले नेपालमा अवतरण गर्नुअघि नै अशोक राईले जनता समाजवादी पार्टी (जनता समाजवादी) लाई निर्वाचन आयोगमा दर्ता गरेर प्रमाणपत्रसमेत लिइसकेका छन् ।

पूर्वशिक्षामन्त्रीसमेत रहेका राईले नयाँ दल दर्ता गर्दा केन्द्रीय कमिटीबाट पनि ३० जना नेतालाई आफ्नो पक्षमा पारिसकेका छन् । यस्तोमा आयोगले सोमबार राई नेतृत्वको पार्टीलाई औपचारिक रुपमा दलको मान्यता प्रदान गरेको हो ।

दलको बैठक

अध्यक्ष यादव नेपाल आइपुग्नेबित्तिकै जसपा नेपाल संसदीय दलको बैठक बस्दैछ ।

उनले संघीय संसद्का दुवै सदनमा प्रतिनिधित्व गर्ने सांसदहरूलाई बैठकमा सहभागी हुन आफ्नो सचिवालयमार्फत खबर गरिसकेका छन् ।

यादवका स्वकीय सचिव महेश चौरसियाले जसपा नेपाल संसदीय दलको बैठक बसेर मात्रै विस्तृत धारणा सार्वजनिक गरिने जानकारी खबरहबलाई दिएका छन् ।

उता राई नेतृत्वको नयाँ पार्टीमा प्रदीप यादव, रञ्जु ठाकुर, बहालवाला मन्त्री नवलकिशोर साह सुडी, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, हसिना खातुन जोडिइसकेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ६ : ०८ बजे

माधव नेपाल भन्छन् : वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

झापा – यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ

माइती र चेलीलाई ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको अवसरमा दर खाने

अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’टिजर रिलिज

काठमाडौं – असोज ३१ गतेबाट प्रदर्शनमा आउने वर्ष २०८२ को

स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट

काभ्रे – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका