घरमा आगलागी हुँदा सात लाख बढीको क्षति « Khabarhub

घरमा आगलागी हुँदा सात लाख बढीको क्षति


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

डोटी – डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको क्षति भएको छ। आदर्श गाउँपालिका–३ भकुण्डाका तुलाराम भट्टको घरमा आगलागी भएको हो।

२ तले ४ कोठे ढुङ्गामाटो, काठले बनेको पत्थरले छाएको घरमा गोठको बाहिर आंगनमा बालेको आगोबाट आगलागी भएको हो। आगलागीबाट २ वटा गोरु, १ वटा गाई र २ वटा बाख्रा जलेर मरेका छन्।

साथै घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा,भाडा वर्तनलगायतका सामानहरू जलि अन्दाजी ७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको हो। घटनाका बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ८ : १३ बजे

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक

प्रजातन्त्र पुनर्स्थापना भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ– नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम

राशिद खानको जादुयी बलिङ : दिल्ली गुजरातसँग एक रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १४ औं

हावाहुरीसहित वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नचिनेको नम्बरबाट आएको फोनमा विवाद हुँदा पाटनमा दुई युवकको ज्यान गयो

ललितपुर– ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहार गरी दुई