आज २०८१ साल जेठ २४ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८१ साल जेठ २४ गते बिहीबारको राशिफल


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


7.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल जेठ २४ गते बिहीबार तदनुसार सन् २०२४ जुन ६ तारिख। जेठ कृष्ण पक्षको औंसी तिथि। शनि जयन्ती। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : खर्च बढ्नेछ। आम्दानी क्षेत्र धेरै देखिन्छन्। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। वैदेशिक क्षेत्रको रोजगारीबाट फाइदा हुनेछ। खर्च कटौती गर्नुपर्ने चुनौती देखिन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : समय रमाइलो छ। नयाँ ठाउँको भ्रमणको अवसर प्राप्त हुनेछ। बौद्धिक र विभिन्न देशका व्यक्तिसँग भेट गर्ने अवसर प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : समय राम्रो छ। आम्दानी राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। प्रविधिको क्षेत्रमा लगानी गरेमा फाइदा हुनेछ। जग्गाको कारोबारले खुशी मिल्नेछ। परिवारको सहमतिमा अगाडि बढ्नु राम्रो हुन्छ। साथीको सहयोग मिल्नेछ।

कर्कट : पुरानो रिस फेर्ने साथी सक्रिय हुनसक्छन्। झुटा आरोपको सामना गर्नुपर्नेछ। मन अशान्त हुनेछ। तर लगानी र श्रमको क्षेत्रमा भने तपाईंको सम्मान हुनेछ। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

सिंह : तपाईंको प्रगतिमा धेरै मानिस खुशी हुनेछन्। लगानीको हिम्मत गर्नुपर्नेछ। गोपनीयता भंग हुने जोखिम देखिन्छ। परिवारमा विवाद भए पनि सामाजिक क्षेत्रमा मान र सम्मान प्राप्त हुनेछ।

कन्या : सम्पत्ति जोगाएर अगाडि बढ्नुपर्ने दिन छ। ठुला उद्योगमा लगानी नगर्नु राम्रो हुनेछ। कामको बोझ थपिने छ। परिवारको सहयोग प्राप्त होला। गुरुको सुझावले दैनिकी सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन राम्रो छ। प्रतिस्पर्धी कमजोर छन्। धार्मिक कार्यमा मन जानेछ। समाजसेवामा समय खर्चनु फाइदाजनक हुनेछ। परिवारमा सैद्धान्तिक टकराब हुनेछ। राजनीतिमा सफलता प्राप्त होला।

वृश्चिक : निजी काममा तनाव हुनेछ। संयम भएर अगाडि बढ्नुपर्ने दिन छ। शिक्षामा उत्साह मिल्नेछ। खानपानको ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : लगानीको क्षेत्रमा उत्साह मिल्नेछ। मिठो खान पाइने छ। समाजसेवाको अवसर प्राप्त हुनेछ। परिवारसँगको सम्बन्धमा खटपटी हुने जोखिम देखिन्छ। शिक्षाको क्षेत्रमा भने उन्नति हुनेछ।

मकर : समय संघर्ष गरेर अगाडि बढ्नुपर्ने देखिन्छ। वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। स्वास्थ्यमा लाभ होला। तपाईंको श्रमको प्रशंसा हुनेछ। परिवारले भने शंका गर्ने जोखिम छ।

कुम्भ : झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। मन आशान्त हुनेछ। शनिदेवको छाया योगले तनाव बढ्ने देखिन्छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त हुनेछ। दैनिकी सहज बनाउन सानो कुरा दान गर्नु राम्रो हुनेछ।

मीन : दैनिकी सामान्य छ। तपाईंको समस्यामा रमाउने धेरै देखिन्छन्। हरेक काममा सचेत बन्नु राम्रो हुनेछ। शिक्षामा फाइदा हुने योग छ। विदेशमा गरेको लगानीबाट फाइदा होला। परिवारसँगको सम्बन्ध सामान्य भए पनि प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ४ : ५८ बजे

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा