टी-२० विश्वकप : बिहीबार बिहानै दुई खेल, ओमानविरुद्ध ब्याटिङ गर्दै अस्ट्रेलिया « Khabarhub

टी-२० विश्वकप : बिहीबार बिहानै दुई खेल, ओमानविरुद्ध ब्याटिङ गर्दै अस्ट्रेलिया

युवान्डा र पिएनजीको खेल जारी


२४ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बिहीबार बिहानै आईसिसी टी-२० विश्वकप अन्तर्गत दुई खेल हुँदैछन्। बिहान ६ : १५ बजे सुरु हुने खेलमा टस जितेर ओमानले फिल्ड रोजेपछि अस्ट्रेलियाले सुरुमा ब्याटिङ गर्दैछ।

समूह ‘बी’मा रहेको अस्ट्रेलिया पहिलो खेल खेल्दैछ। पहिलो खेलमा नामिबियासँग सुपर ओभरमा पराजित भएको ओमान पहिलो जितको खोजीमा हुनेछ।

बिहान ५:१५ बजे सुरु भएको खेलमा पपुवा न्युगिनी (पिएनजी)ले युगान्डाविरुद्ध ब्याटिङ गरिरहेको छ। टस जितेर सुरुमा फिल्डिङ रोजेको युगान्डाले सातौं ओभरको समाप्तिमा पिएनजीको चार विकेट लिइसकेको छ।

समूह ‘सी’का युगान्डा र पपुवा न्युगिनी दुवै पहिलो जितको खोजीमा छन्। यसअघि युवान्डा अफगानिस्तानसँग पहिलो खेलमा १२५ रनले पराजित भएको थियो भने पिएनजी वेस्ट इन्डिजसँग ५ विकेटले हारेको थियो।

 

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ६ : ०८ बजे

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर आत्मनिर्भर र नाफामूलक संस्था बनाउनुपर्छ : अध्यक्ष पण्डितको योजना

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल