टी-२० विश्वकप – पिएनजीले युगान्डालाई दियो ७८ रनको चुनौती « Khabarhub

टी-२० विश्वकप – पिएनजीले युगान्डालाई दियो ७८ रनको चुनौती


२४ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसिसी टी-२० विश्वकप अन्तर्गत बिहीबार बिहान जारी खेलमा खेलमा पपुवा न्युगिनी (पिएनजी)ले युगान्डालाई ७८ रनको सामान्य लक्ष्य दिएको छ।

टस हारेर सुरुमा ब्याटिङ गरेको पिएनजी १९ दशमलव १ बलमा सबै विकेट गुमाउँदै ७७ रनमा समेटिएको हो। उसका लागि हिरि हिरिले सर्वाधिक १५ रन जोड्दा लेगा सियाका र किप्लिन डोरिगाले समान १२–१२ रन जोडे। अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन्।

पिएनजीलाई सस्तैमा समेट्न टस जितेर सुरुमा फिल्डिङ रोजेको युगान्डाका लागि चार जना बलरले समान दुई दुई विकेट लिए भने एक जनाले एक विकेट हात पारे।
अल्पेश रामजानी, कोशमास क्युवटा, जुमा मियागी,
फ्रैंक न्युबगडाले समान दुईदुई विकेट लिए भने ब्रायन मसाबाले एक विकेट लिए।

समूह ‘सी’का युगान्डा र पपुवा न्युगिनी दुवै पहिलो जितको खोजीमा छन्। यसअघि युवान्डा अफगानिस्तानसँग पहिलो खेलमा १२५ रनले पराजित भएको थियो भने पिएनजी वेस्ट इन्डिजसँग ५ विकेटले हारेको थियो।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ७ : ०१ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम