टी-२० विश्वकप – पिएनजीले युगान्डालाई दियो ७८ रनको चुनौती « Khabarhub

टी-२० विश्वकप – पिएनजीले युगान्डालाई दियो ७८ रनको चुनौती


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसिसी टी-२० विश्वकप अन्तर्गत बिहीबार बिहान जारी खेलमा खेलमा पपुवा न्युगिनी (पिएनजी)ले युगान्डालाई ७८ रनको सामान्य लक्ष्य दिएको छ।

टस हारेर सुरुमा ब्याटिङ गरेको पिएनजी १९ दशमलव १ बलमा सबै विकेट गुमाउँदै ७७ रनमा समेटिएको हो। उसका लागि हिरि हिरिले सर्वाधिक १५ रन जोड्दा लेगा सियाका र किप्लिन डोरिगाले समान १२–१२ रन जोडे। अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन्।

पिएनजीलाई सस्तैमा समेट्न टस जितेर सुरुमा फिल्डिङ रोजेको युगान्डाका लागि चार जना बलरले समान दुई दुई विकेट लिए भने एक जनाले एक विकेट हात पारे।
अल्पेश रामजानी, कोशमास क्युवटा, जुमा मियागी,
फ्रैंक न्युबगडाले समान दुईदुई विकेट लिए भने ब्रायन मसाबाले एक विकेट लिए।

समूह ‘सी’का युगान्डा र पपुवा न्युगिनी दुवै पहिलो जितको खोजीमा छन्। यसअघि युवान्डा अफगानिस्तानसँग पहिलो खेलमा १२५ रनले पराजित भएको थियो भने पिएनजी वेस्ट इन्डिजसँग ५ विकेटले हारेको थियो।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ७ : ०१ बजे

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ