गण्डकीमा पन्ध्र सय किलोमिटर सडक स्तरोन्नति « Khabarhub

गण्डकीमा पन्ध्र सय किलोमिटर सडक स्तरोन्नति


२४ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– गण्डकी प्रदेश सरकारले सात वर्षमा एक हजार पाँच सय किलोमिटरभन्दा बढी सडक स्तरोन्नति गरेको छ ।

चालु आर्थिक वर्षमा थप एक सय १९ किलोमिटर सडक कालोपत्र र ४१ दशमलव २ किलोमिटर ढलान भएको छ ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको करिब ११ महिनामा सालबसाली र बहुवर्षीय आयोजनामार्फत थप एकसय किलोमिटरभन्दा बढी ग्राभेल भएको छ । गत आव २०७९–०८० सम्म पाँच सय ९९ किलोमिटर सडक ग्राभेल र छ सय ६८ किलोमिटर कालोपत्र भएको थियो ।

‘प्रदेश स्थापना भएदेखि हालसम्म आठ सय ८२ किलोमिटर सडक कालोपत्र र ढलान गरी स्तरोन्नति गरेका छौँ’, उक्त मन्त्रालयअन्तर्गतको पूूर्वाधार विकास निर्देशनालयका निर्देशक महेन्द्र बानियाले भने, ‘सडक निर्माण र स्तरोन्नतिमा हालसम्म ४८ अर्ब भन्दा बढी खर्च भएको छ ।’

बाह्र अर्ब पुँजीगत बजेट रहेको भौतिक मन्त्रालयले चालु आवमा पुराना बहुवर्षीय र सालबसालीसहित एक हजार चार सय ६४ योजनालाई वार्षिक कार्यक्रममा समावेश गरेको थियो ।

यस वर्ष एक सय २७ प्रादेशिक सडक, पाँच वटा सङ्घीय समपूरक सडक, ३० पक्की पुल र चार झोलुङ्गे पुल आयोजना बहुवर्षीय ठेक्कामार्फत कार्यान्वयन भएका छन् ।

निर्देशक वानियाका अनुसार बहुवर्षीय योजनका सडक, मोटरेबल र झोलुङ्गे पुलका लागि १२ अर्ब ७३ करोड ९८ लाख बजेट सुनिश्चित भएको छ । अधिकांश तीन वर्ष र केही योजना दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य छ ।

राष्ट्रिय राजमार्गका वैकल्पिक सडक पनि खोल्ने र स्तरोन्नति गर्ने योजनालाई प्राथमिकता दिइएको भौतिक मन्त्रालयमार्फत एक निर्वाचन क्षेत्र, एक सडक, स्थानीय तहको केन्द्र जोड्ने, अन्तरजिल्ला, अन्तरपालिका जोड्ने रणनीतिक महत्वका सडक गौरवका आयोजनाका रुपमा कार्यान्वयनमा रहेका उक्त मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डितले बताए ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ७ : ४८ बजे

सुदूरपश्चिमले गुमायो एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

भन्सार छली गरी ल्याइएका गरगहनासहित चारजना पक्राउ

बागमती– मकवानपुर प्रहरीले भन्सार छलि गरी ल्याइएका चाँदीका विभिन्न किसिमका

अटो दुर्घटनामा छ जना घाइते, एकको अवस्था गम्भीर

पाल्पा– स्थानीय रैनादेवी छहरा गाउँपालिका–३ बल्घामा अटो दुर्घटना हुँदा छ

सुदूरपश्चिमले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

डिशहोममा एनपीएलका खेल एचडीमा निःशुल्क हेर्न पाइने

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३  का खेलहरु डिशहोमका