श्रीलंकामा एलटीटीईसहित १५ संस्था र २१० व्यक्तिहरुको सम्पत्ति जफत « Khabarhub

श्रीलंकामा एलटीटीईसहित १५ संस्था र २१० व्यक्तिहरुको सम्पत्ति जफत


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– श्रीलंकामा आतंकवादी र चरमपन्थी गतिविधिमा कथित रूपमा संलग्न एलटीटीइसहित १५ संस्था र २१० व्यक्तिहरूको सबै कोष, वित्तीय सम्पत्ति र आर्थिक स्रोतहरू जफत गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार रक्षा महासचिवको नाममा राजपत्रमा सूचना जारी गरिएको हो । सम्बन्धित कानून बमोजिम नाम र सूचीमा रहेका कुनै पनि व्यक्ति, संस्था वा निकायको स्वामित्वमा रहेको सबै कोष, अन्य वित्तीय सम्पत्ति र आर्थिक स्रोत जफत गर्न आदेश जारी गर्नुपर्ने उल्लेख छ ।

१५ संगठनहरूमा लिबरेशन टाइगर्स अफ तमिल इलम (एलटीटीई), नेशनल तौहीद जमात (एनटीजे), जमात मिल्लाथु इब्राहिम लगायत पर्छन्।

एलटीटीर्इले श्रीलंकाको उत्तरी र पूर्वी प्रान्तहरूमा तमिलहरूका लागि छुट्टै मातृभूमिका लागि झण्डै तीस वर्षदेखि सैन्य अभियान चलाएको थियो । तर, श्रीलंकाली सेनाले यस संगठनका सर्वोच्च नेता वी प्रभाकरणको हत्या गरेपछि यो संगठन निष्क्रिय बनेको थियो ।

त्यस्तै अप्रिल २०१९ मा इस्टरमा घातक हमला पछाडि एनटिकेको हात थियो । यस हमलामा ११ भारतीयसहित २७० जनाभन्दा बढीले ज्यान गुमाएका थिए । यस संगठनको आईएसआईएससँग सम्बन्ध रहेको विश्वास गरिन्छ ।

अन्य प्रतिबन्धित समूहहरूमा तमिल पुनर्वास संगठन, तमिल समन्वय समिति, विश्व तमिल आन्दोलन, तमिल इलमको संक्रमणकालीन सरकार र विश्व तमिल राहत कोष छन् ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ८ : ५२ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल