दक्षिणकालीको भीरमा एक महिला र पुरुषको शव फेला « Khabarhub

दक्षिणकालीको भीरमा एक महिला र पुरुषको शव फेला


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँको दक्षिणकाली नगरपालिका ८ केराबारीको भीरमा एक महिला र एक पुरुषको शव भेटिएको छ ।

काठमाडौं–दक्षिणकाली सडकबाट करिब दुई सय मिटर तल भीरमा उनीहरुको शव भेटिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

शव नजिकै बागमती प्र ०३–०२–००७ प ३८१२ नम्बरको मोटरसाइकल पनि भेटिएकाले उनीहरू दुर्घटनामा परेको हुनसक्ने उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले बताए ।

नेपाल प्रहरीको विपद् व्यवस्थापन टोली भीरबाट शव निकाल्न जुटेको जानकारी दिँदै उनले बुधबार साँझ शव देखेर स्थानीयले खबर गरेको बताए ।

प्रहरीले मृतक पुरुषको सनाखत हुन नसकेको तर महिला भने चाँगुनारायण नगरपालिका– ५ की ३२ वर्षीया सविना राईको भएको जनाएको छ ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  १० : ५७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार