अफगानिस्तानमा सामुहिक कुटपिटको घटनाप्रति राष्ट्रसङ्घको चासो « Khabarhub

अफगानिस्तानमा सामुहिक कुटपिटको घटनाप्रति राष्ट्रसङ्घको चासो


२४ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्रसङ्घले बुधबार अफगानिस्तानमा दर्जनौँ मानिसहरूलाई सामुहिक कुटपिट गरिएको भन्दै तालिबान अधिकारीहरूलाई यो अभ्यास अन्त्य गर्न आह्वान गरेको छ । 

अफगानिस्तानमा संयुक्त राष्ट्रसंघीय मिसन (युएनएएमए) ले उत्तरी सारिपुल प्रान्तमा मंगलबार करिब ६३ जनालाई कोर्रा प्रहार गरी सार्वजनिक रूपमा कुटपिट गरिएको जनाएको छ । 

‘युएनएएमएले शारीरिक दण्डको निन्दा गर्दछ र अन्तर्राष्ट्रिय मानव अधिकार दायित्वहरूको सम्मान गर्न आह्वान गर्दछ,’ मिसनले एक्समा पोस्ट गरिएको एक विज्ञप्तिमा उल्लेख गरेको छ । 

सन् २०२१ अगस्टमा सत्तामा फर्किएपछि तालिवान अधिकारीहरूले इस्लामिक कानून शरियाको पुन व्याख्या गरेका छन् । 

जनताले सार्वजनिक मृत्युदण्ड र शारीरिक यातनाहरु भोगिरहेका छन् । चोरी, व्यभिचार र रक्सी सेवनजस्ता अपराधका लागि तालिवान सरकारले कोर्रा प्रहार  (कडा सजाय) गर्ने गरेको छ । 

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  १२ : १४ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल