न्यूरोडमा सडकपेटी बढाउन जरुरी छ, बालेनलाई काम गर्न दिनुपर्छ : कांग्रेस « Khabarhub

न्यूरोडमा सडकपेटी बढाउन जरुरी छ, बालेनलाई काम गर्न दिनुपर्छ : कांग्रेस


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले काठमाडौंको न्यूरोडमा सडकपेटी बढाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको काममा अवरोध नगर्न आग्रह गरेका छन् ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शर्माले नागरिकको सुविधाका लागि न्यूरोडमा सडकपेटी बढाउने महानगरको काममा हस्तक्षेप बन्द गर्न आग्रह गर्नुभयो ।

उनले भने, ‘न्यूरोडमा नागरिकको सुविधाका लागि सडकपेटी बढाउन जरूरी थियो । बालेनले जे गरेका थिए, ठिक गरेका थिए। उनलाई त्यहाँ काम गर्न दिनुपर्छ, संघले कुनै पनि प्रकारको हस्तक्षेप गर्ने कुराबाट संघ फिर्ता हुनुपर्छ ।’

उनले स्थानीय तह र केन्द्रको विवादमा केन्द्र बढी संयमित बन्नुपर्ने धारणा राखे ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै भने, ‘काठमाडौंको मेयरसँग कुनै कुरामा भिड्नुपर्‍यो भने उपप्रमुखलाई भन्दा हुन्छ नि, त्यही तहमा रहेका पार्टीका प्रतिनिधिहरूलाई भन्दा हुन्छ नि। तिनले त्यही भने भइगो नि, मेयरसाब संयमले बोल्नुस्। जेल बसेका नेताहरूलाई सम्मान राखेर बोल्नुस्, या तपाईंको शैली बदल्नुस्, तर आफैँ सुरिनु भयो बोल्न ।’

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  १२ : २८ बजे

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले

‘एआई मोडलले आफ्नो प्रतिलिपि आफैँ बनाउने दिन टाढा छैन’

काठमाडौं- अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले स्मार्ट एआई मोडलहरुले आफ्नो प्रतिलिपि

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित : वासना थापालाई सर्वाधिक मत

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना