वन्यजन्तुका लागि ८३ पोखरी निर्माण « Khabarhub

वन्यजन्तुका लागि ८३ पोखरी निर्माण


२४ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

खजुरा– बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि खानेपानीको व्यवस्था गर्न हालसम्म ८३ वटा कृत्रिम पोखरी निर्माण गरिएको छ । 

बाँकेमा अत्यधिक गर्मी हुने र सोही कारणले वनमा रहेका पानीका स्रोत सुकेर जाँदा वन्यजन्तुलाई खानेपानीको समस्या भएकाले निकुञ्जभित्र ८३ वटा कृत्रिम पानीपोखरी निर्माण गरिएको हो ।

राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साहका अनुसार चालु आर्थिक वर्षभन्दा पहिले निकुञ्जभित्र ८० वटा पोखरी निर्माण भएको थियो । चालु आवमा तीन वटा बोरिङसहितको पोखरी निर्माण गरिएको जनाउँदै तीन ठाउँमा बोरिङ मात्रै गरेर खाल्डोमा पानी संकलनको व्यवस्था गरिएको उनले जानकारी दिए।  

वन्यजन्तुको चहलपहल हुने क्षेत्रमा गर्मीको बेला पानीको खोजीमा जनावर भौँतारिने गरेकाले कृत्रिम पोखरी निर्माण गरिएको संरक्षण अधिकृत साहको भनाइ छ । निकुञ्जमा रहेका जलाशयमा अत्यधिक गर्मी बढेपछि पानीको सतह घटेको भन्दै कृत्रिम पोखरी निर्माण गरी बोरिङ गाडेर पानीको व्यवस्थापन गरिँदै आइएको उनले बताए। 

निकुञ्ज कार्यालयका अनुसार निकुञ्ज क्षेत्रमा पानीको स्थायी स्रोत नहुँदा गर्मीयाममा पानीको अभाव हुने र पाटेबाघलगायत चित्तल, जरायो, नीलगाई, लगुना, चितुवा, बाँदर र हात्तीसहितका वन्यजन्तु पानीको खोजीमा राप्ती नदीसम्म पुग्ने गरेका छन् । 

निकुञ्जभित्र विभिन्न ठाउँमा कृत्रिम पोखरी निर्माण गरेर सौर्य ऊर्जामार्फत मोटर सञ्चालन गरेर वन्यजन्तुका लागि खानेपानीको व्यवस्था मिलाइएको वरिष्ठ संरक्षण अधिकृत साहले जानकारी दिए।    

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  १२ : ५६ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला