स्कुटर दुर्घटनामा दुईजनाको मृत्यु « Khabarhub

स्कुटर दुर्घटनामा दुईजनाको मृत्यु


२४ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

बनियानी– झापाको मेचीनगरमा बुधबार राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका-१२ धाइजनस्थित मेची लोकमार्गमा बिग्रिएर रोकिराखेको जिपलाई स्कुटरले ठक्कर दिँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको मे७प ७२८३ नम्बरको स्कुटरले सडकको बायाँतर्फ बिग्रिएर रोकिराखेको को१च ७२६४ नम्बरको जिपलाई ठक्कर दिएको हो ।  

मृत्यु हुनेमा स्कुटर चालक बुद्धशान्ति–५ का २५ वर्षीय लीलाप्रसाद ढुंगेल र त्यसमा सवार इलामको रोङ गाउँपालिका–५ बहुवनका २९ वर्षीय चेतन रिजाल रहेका छन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  १ : ०२ बजे

वर्षाले फूल खेतीमा क्षति, किसान निराश

सिरहा – तिहार र छठ पर्वलाई लक्षित गरी सयपत्री फूल

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको