‘गाउँ आएको बाटो’ : केन्द्रीय भूमिका पाउन १९ वर्ष कुरेकी पशुपतिको काम कस्तो ? | Khabarhub Khabarhub

‘गाउँ आएको बाटो’ : केन्द्रीय भूमिका पाउन १९ वर्ष कुरेकी पशुपतिको काम कस्तो ?

प्रिमियरमा प्रशंसाको वर्षा


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


6.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नवीन सुब्बाको निर्देशन रहेको फिल्म ‘गाउँ आएको बाटो’ प्रिमियरमा प्रशंसा बटुल्न सफल भएको छ ।

बिहीबार साँझ कमलपोखरीमा रेड कार्पेट सहितको प्रिमियरमा राजनीतिज्ञ, कालाकार र किरात समुदायका प्रतिनिधिलगायत ५०० भन्दा बढी उपस्थिति थिए ।

प्रिमियरमा फिल्मका मुख्य कलाकार दायाहाङ राई, पशुपति राई र बालकार प्रशन्न राई आफैँ संस्कृति झल्काउने पहिरनमा आएका थिए । दयाहाङ र प्रशन्नले हातबुना ‘फेङ्गा’ लगाएका थिए ।

प्रिमियरपछि प्रतिक्रिया दिने क्रममा सबैले फिल्म उत्कृष्ट बनेको बन्दै निर्देशक नवीन सुब्बाको निर्देशकीय क्षमताको प्रशंसा गरे । सुब्बाको यसअघिको फिल्ममा काम गरेका नायक कर्मा शाक्यले ‘गाउँ आएको बाटो’लाई ‘रेटिङ’ गर्न असमर्थ जनाए ।

फिल्म गाउँमा मोटरबाटोसँगै विकास भित्रिएपछि राई समुदायको ‘माइला’को विपन्न परिवारमा आइपरेको समस्या देखाइएको छ । सुविधा रहरमा परिणत हुँदा ‘माइला’ले परिवारका लागि गरेको संघर्षलाई फिल्ममा सुब्बाले मिहिन ढंगले प्रस्तुत गरेका छन् ।

निर्देशक सुब्बाको प्रशंसा गर्दै उनले भने, ‘उहाँले एकदमै सशक्त कथा उठान गर्नुभएको छ । यस्ता फिल्म किन नबनेको होला भन्ने लाग्छ । म सहरमा हुर्किएको भए पनि यो कथाले निकै छोयो ।’

दयाहाङको पछिल्ला फिल्म चल्न सकेका छैनन् । उनी एक हिट फिल्मको प्रतिक्षामा रहेको आरोप लाग्ने गरेको छ । प्रिमियरपछि आएको प्रतिक्रियाले ‘गाउँ आएको बाटो’ उनको हिट फिल्म बन्ने संकेत गर्छ । नायिका केकी अधिकारीका अनुसार यो फिल्ममा दयाहाङको अभिनय अहिलेसम्मकै उत्कृष्ट छ ।

त्यस्तै, अर्की नायिका दिया मास्केले पशुपति राईको कामको प्रशंसा गरिन् । १९ वर्षको सहायक भूमिकाको अनुभवबाट केन्द्रीय कलाकार बनेकी पशुपतिको अभिनयबारे दिया भन्छिन्, ‘पशुपतिले एकदमै राम्रो काम गरेको छ ।’

‘तपाईंलाई पशुपतिको भूमिका आफूले निर्वाह गर्न पाए हुन्थ्यो जस्तो लागेन ?’ भन्ने प्रश्नमा दियाको जवाफ छ, ‘पशुपतिले एकदमै राम्रो काम गरेकाले मैले त्यो स्थानमा आफूले सोचिनँ । अरुले त्यति राम्रो काम गरेको छ भने अर्को कलाकराले त्यति पनि लोभ गर्नु हुँदैन ।’

मिरुना मगर पछिल्लो समय दयाहाङसँगको जोडी बनेर फिल्ममा देखिन्छिन्, तर यो फिल्ममा दयाहाङको जोडी पशुपति छिन् । पशुपतिको अभिनय क्षमताले आफूलाई यस फिल्ममा दयाहाङको जोडीका रुपमा आफूले सोच्न नसकेको उनको प्रतिक्रिया छ ।

कलाकारको अभिनयबारे मिरुनाको प्रतिक्रिया छ, ‘सबै कलाकारले पात्रलाई न्याय गर्नुभएको छ । पशुपति राई, दयाहाङ राई र बालकलाकार प्रशन्न राईले एकदमै राम्रो छ ।’

निर्देशक निश्चल बस्नेतले भने दयाहाङ र पशुपतिको भन्दा पनि बालकलाकार प्रशन्न राईको अभिनयलाई केन्द्रमा राखेर प्रतिक्रिया दिए । उनले भने, ‘फिल्म त राम्रो छ । सानो भाइ (प्रशन्न) पनि खतरा नै रहेछ । मान्छे चाहिँ नवीन दाइ (निर्देशक)ले खोजेरै ल्याउनु भएको रहेछ ।’

फिल्म हेर्दै गर्दा कथाका कतिपय दृश्यले आफ्नो जीवनसँग मेल खाएको स्मृति ताजा गरिएको उनले अनुभव सुनाए । उनले अगाडि भने, ‘टेलिभिजन हेर्न अर्काका घरमा गएको चाहिँ म आफैँले अनुभव गरेको कुरा हो । कुनै राम्रो कार्यक्रम आउँदा हामी दौडेर अर्काको घरमा हेर्न जान्थ्यौं ।’

हलबाट निस्कँदै गर्दा नायिक स्वस्तिमा खड्काको अनुहार मलिन देखिन्थ्यो । उनी भन्दै थिइन्, ‘ मज्जा आयो, तर दिल भारी भयो ।’

बहुसंख्यक नेपालीले खोजिरहेको विकास निम्ताउने समस्याबारे निर्देशक सुब्बाले प्रकाश पारेको उनको प्रतिक्रिया छ । उनी थप्छिन्, ‘विकास खोजिरेहका हामीले त्यसले खोस्न अवसरका बारेमा बुझेका हुँदैनौं होला, त्यो फिल्मले देखाएको छ ।’

माओवादी नेता एवम्‌ पूर्वपर्यटनमन्त्री सुदन किरातीले फिल्म हेरेपछि विकास नगर्ने नेतालाई ‘कोर्रा हान्ने’ सोच आएको प्रतिक्रिया दिए ।

‘फिल्मले भोट दिने जनताको आर्थिक अवस्था अझै कमजोर छ भन्ने देखाएको छ । फिल्म हेरेपछि चाहिँ पटक-पटक जितेर आउने नेताहरुलाई चाहिँ टुँडिखेलमा राखेर कोर्रा हान्न मन लाग्यो,’ उनले भने ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  २ : २७ बजे

कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । गए रातिको

एइजीको मृत्युले अन्तर्राष्ट्रिय क्षेत्रमा ल्याएको तरंग

नौ दिन अघि इजरायलले गाजामा आक्रमण गरेको थियो। यसको प्रतिफल

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस

काठमाडौं– आज ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै

बाटोको असुविधाले गलेखामकोट ओझेलमा

तनहुँ– गलेखामकोट तनहुँ सदरमुकाम दमौलीबाट १५ किलोमिटरको दूरीमा अवस्थित छ

सरकारको प्राथमिकतामा गुणस्तरीय र जीवनोपयोगी शिक्षा : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा