मध्यपहाडी लोकमार्गमा पुल नबन्दा आवागमनमा समस्या | Khabarhub Khabarhub

मध्यपहाडी लोकमार्गमा पुल नबन्दा आवागमनमा समस्या


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

पर्वतपूर्व–पश्चिम जोड्ने पुष्पलाल मध्यपहाडी लोकमार्गको पर्वत खण्डको काम सम्पन्न भएको तीन वर्ष पुगिसकेको छ । 

सडक खण्ड कालोपत्र सम्पन्न भएको तीन वर्ष पुगे पनि पर्वत खण्डमा पर्ने चार खोलामा पुल नबन्दा सहज रुपमा यातायातका साधन सञ्चालनमा समस्या भएको छ । 

पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका अनुसार लोकमार्गको पर्वत खण्डमा रहेका तमादी खोला, सुन्दरेखोला, पातीखोला र मोदी खोलामा चार मोटरेवल पुल निर्माणको तयारी छ । 

पोखरा–कुश्मा सडक खण्डअन्तर्गत करिब २४ किलोमिटर खण्डमा पर्ने खोलामा मोटरेवल पुल निर्माण नहुँदा नियमित यातायात सञ्चालनमा समस्या हुँदै आएको छ । 

कुश्मा–७ र ८ को बीचमापर्ने तमादी खोलामा पुल निर्माणको काम भइरहेको छ । यो पुलको निर्माणकार्य करिब ७५ प्रतिशत सम्पन्न भएको  इञ्जिनीयर धीरज ढकालले जानकारी दिए। करिब ६ करोड लागतमा निर्माण हुन लागेको उक्त पुलको श्री सिद्धबाबा निर्माण सेवा वालिङले जिम्मा लिएको छ । 

तमादी खोलामा वर्षातको समयमा अत्यधिक बाढी आउँदा सडक भत्किएर मानवीय र भौतिक क्षति हुँदै आएको छ । यो खोलामा गत भदौमा आएको बाढीले बोलेरो जीप बगाउँदा तीन जनाको मृत्यु भएको थियो ।

इञ्जिनीयर ढकालका अनुसार यो पुलसँगै अन्य तीनवटा मोटरेवल पुल पनि निर्माण भइसक्नुपर्नेमा हालसम्म कामको सुरुआत भएको छैन । कुश्मा-८ मै पर्ने सुन्दरे खोलाको पुल निर्माण गर्न डिजाइन स्वीकृत भइसकेको छ । ८० मिटर लामो पुल निर्माणको जिम्मा लुम्बिनी प्राकृतिक जेभिले लिएको छ ।

 यो पुलसँगै उक्त निर्माण कम्पनीले अन्य पुल निर्माणको पनि जिम्मा लिएको छ । निर्माण कम्पनीले मोदी गाउँपालिकाको पातीखोलाडिमुवास्थित मोदीखोलामा पनि पुल निर्माण गर्न लागेको छ । मोदीखोलामा ६२ मिटर र पातीखोलामा दुवैतर्फ ५२-५२ मिटर लामा दुई पुल निर्माण हुनेछन् ।  पुलको  डिजाइन स्वीकृतिमा ढिलाइ भएका कारण निर्माणले गति लिन नसकेको इञ्जिनीयर ढकाल बताउँछन्। ती पुलको लागत रु ४४ करोड १५ लाख रहेको छ । 

मध्यपहाडी लोकमार्गअन्तरगत पोखरा–कुश्मा सडकको दुई वर्ष पहिला नै दुई लेनको सडक स्तरोन्नति भइसकेको छ । सडक दुई लेनको बने पनि पुरानो संरचनामा बनेका सिंगल लेनका पुलले सवारी साधनको चाप धान्न गाह्रो भएकाले नयाँ पुल थप गर्ने योजना रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  २ : २६ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका