प्रतिनिधिसभा बैठक : अन्तर्राष्ट्रिय सौर्य गठबन्धनसम्बन्धी सम्झौता अनुमोदन « Khabarhub

प्रतिनिधिसभा बैठक : अन्तर्राष्ट्रिय सौर्य गठबन्धनसम्बन्धी सम्झौता अनुमोदन


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय सौर्य गठबन्धनसम्बन्धी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएको छ । 

बिहीबार प्रतिनिधिसभा बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गरेको अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ एस ए) को स्थापनासँग सम्बन्धित सम्झौतालाई अनुमोदन गरेको हो । त्यसअघि बैठकमा उक्त सम्झौतामाथि छलफल भएको थियो । छलफलका क्रममा सांसदहरुले सम्झौताका कारण मुलुकलाई हुने लाभका बारेमा जिज्ञासा राखेका थिए ।

सांसदहरुको जिज्ञासाको जवाफ दिँदै मन्त्री बस्नेतले ऊर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तन कम गर्न अन्तर्राष्ट्रिय सौर्य गठबन्धनमा सम्झौता भएको जानकारी दिए । सम्झौमा हस्ताक्षर गर्ने क्रममा प्रयाप्त राष्ट्रिय हितलाई ध्यान दिइएको र मुलुकलाई थप कुनै आर्थिक दायित्व नथपिने उनले बताए ।

मन्त्री बस्नेतले सम्झौताकै कारण ऊर्जा उत्पादनमा नेपाललाई कुनै बाधा नपर्ने स्पष्ट पारे । ऊर्जा मिश्रणको अवधारणाबाटै सौर्य ऊर्जाबाट मुलुकलाई सुख्खा याममा आवश्यक पर्ने विद्युत पूर्ति गर्न सकिने भन्दै उनले पहिलो प्राथमिकता भने जलविद्युत नै रहेको बताए 

त्यस्तै उनले सरकारले जलाशययुक्त जलविद्युत आयोजनालाई पनि महत्वका साथ अघि बढाउने सोचमा रहेको जानकारी दिए ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  २ : ५९ बजे

आमिर खानका भाञ्जा इमरान खानलाई भारत छाड्न निर्देशन

काठमाडौं– बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खान

नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका

कांग्रेसको १५औँ महाधिवेशनको सबै मतगणना सम्पन्न

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

काठमाडौं महानगरले भन्यो- सफाइ कर्मचारी दसैँ मनाउन गए, कात्तिक १, ३ र ४ गतेको फोहर घरैमा राख्नू

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर

दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई नेपाल दूरसञ्चार प्राधिकरणको